झापा। झापाको गौरीगञ्जमा चार्जमा रहेको मोबाइल फोन उठाउनेक्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका १ स्थित टुनुबस्तीका जगतबहादुर बुढाथोकीकी ५५ वर्षीया श्रीमती शिला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाइलमा फोन उठाउने क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।
खेतमा काम गरेर घर फर्केको अवस्थामा चिसो हातले मोबाइल फोन छुँदा करेन्ट लागेको जनाइएको छ । मृतकको शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल लगी परिवारजनलाई शव जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यलय झापाका डिएसपी खगेन्द्र ्िरसाद रिजालले बताएका छन ।