पाँचथर । पाँचथरको हिलिहाङ ७ हेवाखोलामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । २ जना धाइते भएका छन् ।यो समाचार तयार पार्दा सम्म मृतक र घाइतेहरुको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवस कुवरले जनाएका छन् ।
सिमेन्ट बोकेको ट्रक पाँचथरबाट ताप्लेजुङ तर्फ जाँदै गरेको बताइएको छ ।घाइतेहरुको उपचारको लागी पाँचथर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।घटनाको बिस्तृत बिबरण आउन बाँकी छ ।