ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

वास्तु अनुसार तारे होटलका वास्तु र रङ्ग कस्तो राख्ने ? – डा. सुवेदी

नगद काउन्टरको मुख दक्षिण दिशा बर्जित छ

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० साउन २ गते, २३:४५ बजे
वास्तु अनुसार तारे होटलका वास्तु र रङ्ग कस्तो राख्ने ? – डा. सुवेदी
25
SHARES
Share on FacebookShare on Twitter

– डा. राजकुमार सुवेदी

रेष्टुरेन्ट अन्तर्गत कफि घर, चिया, फास्टफुड केन्द्र र अल्पहार गृह आदिलाई लिन सकिन्छ । यसैगरी अतिथि घर, अतिथि भोजन गृह, ढावालाई रेष्टुरेन्टमा मिलाउन सकिन्छ । वास्तवमा खाजा एवं भोजन गृह यस्तो स्थान हो, जहाँबाट ग्राहकलाई खाने पिउने सामग्री व्यक्तिको रुचि र इच्छानुसार शीघ्रता एवं उचित मुल्यमा सरल प्रकारले उपलब्ध गराइन्छ ।

ग्राहकहरुलाई असुविधा नहोस् साथै व्यर्थ प्रतिक्षा गर्न नपरोस् भन्ने कुराको ध्यान होटेल एवं रेष्टुरेन्ट व्यवसायमा दिइन्छ । यस्ता ठाउँमा व्यक्तिहरु आफ्नो व्यापार प्रवर्धन गर्ने उद्देश्यले, मनोरञ्जनको हिसावले र सामाजिक विवाहादि उत्सवका निमित्त एकत्रित हुने गर्दछन् ।

वास्तु विचारः  होटेललाई विभिन्न पाँच भागमा विभाजन गरिन्छ ।

१) स्वागत कक्ष

२) लबी एवं प्रतिक्षा कक्ष

३) नगद काउन्टर

४) ग्राहकका लागि बस्ने व्यवस्था

५) ग्राहकका लागि खानेकुरा उत्पादन कक्ष

वास्तु शास्त्र अनुसार विचार गर्नु पर्ने कुरा के छ भने स्वागत कोठा पूर्व दिशा या उत्तर-पूर्व दिशा तर्फ धनात्मक उर्जा क्षेत्रमा बनाउनु पर्दछ । प्रतिक्षा कक्ष एवं लबी (अगाडीको खाली ठाउँ) बनाउँदा पूर्व या इशान कोणमा बनाउनु पर्दछ । नगद नारायण प्राप्त गर्ने कक्ष निर्माण गर्दा उत्तर दिशा तर पूर्व मुख फर्काएर या पूर्व दिशा तर उत्तर मुख फर्काएर बनाउनु पर्दछ । नगद काउन्टरको मुख दक्षिण दिशा बर्जित छ ।

खाद्यान्न सेवा कक्ष एवं भोजन वितरण कक्षको झ्याल या मुख दक्षिण दिशा या उत्तर–पश्चिम दिशा (वायव्य कोण) मै राख्नु पर्दछ । ग्राहक आउने वित्तिकै वस्ने व्यवस्था पश्चिम या उत्तर–पश्चिम दिशामा गर्नु पर्दछ । रेष्टुरेन्टको प्रवेशद्वार धनात्मक उर्जा क्षेत्रमा हुनु पर्दछ भने बहिर्गमनद्वारा ऋणात्मक उर्जा क्षेत्रमा हुनु शुभ मानिन्छ । झ्याल ढोका धनात्मक उर्जा क्षेत्रमा अधिक राख्नु पर्दछ । यदि ऋणात्मक उर्जा क्षेत्रमा झ्याल, ढोका बनाउनै पर्ने आवश्यक परेमा धनात्मक उर्जा क्षेत्रको ढोका देखि ५० देखि ६० प्रतिशत भन्दा अधिक नहोस् ।

ग्राहकहरु बस्ने, आराम गर्ने र भोजन गर्ने कक्षमा मधुरो उज्यालो र मन्द संगितको व्यवस्था हुनु पर्दछ । होटेल व्यवसायको स्थानलाई कहिलै पनि गाढा खैरो, कालो या गाढा रङ्गले रङ्ग्याउनु हुँदैन साथै भुई र भित्ताहरुलाई कालो, निलो एवं खैरो रङ्ग लगाउनु हुँदैन । यदि होटेलमा मदिरा विक्रि कक्ष या मदिरा सेवन कक्ष राखिन्छ भने दक्षिण–पश्चिम दिशामा राख्नुपर्दछ ।

उत्तर–पूर्व दिशा (ईशान कोण) मा मदिरा पान कक्ष बनाएमा देवताको अपमान हुनाको साथै वास्तु दोषले व्यापारमा गिरावट आउँछ । होटलमा वेसमेन्ट या भू–गर्भ तलामा प्रदर्शनी, विचार गोष्ठी र सांस्कृतिक कार्यक्रमका लागि उपयोग गर्नु पर्दछ । भू–गर्भ तलामा खाना पकाउन र खान वर्जित छ । भूखण्ड नियमित आकारको, वर्गाकार, आयताकार या अष्टभूजाकार हुनु आवश्यक छ ।

दक्षिण या पश्चिमको समकोण हुनुपर्दछ । उत्तर या पूर्व दिशाको सडक होटेलको लागि शुभ मानिन्छ । दक्षिण दिशाको सडक यदि उच्च भएमा शुभ हुन्छ । भू–खण्डको ढलान उत्तर–पूर्व दिशामा हुनु शुभ हून्छ । होटलको नजिकै मूर्दा घाट, झुपडि, सुकुम्वासि वस्ति, मन्दिर, कसाई घर, विद्युत गृहादि भएमा अशुभ मानिन्छ ।

होटल व्यवासायको जमिन नगर देखि शहर देखि धेरै टाढा हुनुहँदैन जसले गर्दा सजिलै पुग्न सकिँदैन । प्रवेश भने धनात्मक उर्जा क्षेत्र र वहिर्गमन मार्ग ऋणात्मक उर्जा क्षेत्रमा हुनुपर्दछ । होटेलको प्रवेशद्वार बनाउँदा उत्तर, पूर्व या उत्तर पूर्व, दिशामा धनात्मक उर्जा क्षेत्र छनोट  गर्नुपर्दछ । दक्षिण, दक्षिण पूर्व (आग्नेय कोण) अथवा दक्षिण पश्चिम (नैऋत्य कोण) बाट प्रवेश बर्जित एवं त्याज्य छ ।

ध्यान रहोस्, यदि होटलमा प्रवेश द्वार ऋणात्मक उर्जा क्षेत्रमा बनाइयो भने होटलमा अपराधिक गतिविधि बढ्न गई व्यवासायको वदनामी हुन्छ । पानी एवं जलस्रोत उत्तर या पूर्व दिशामै बनाउनु पर्दछ । होटेल भूखण्डको मापन आयादिक गणना, तिथि, बार, नक्षत्र, योग, करण  र लग्नायुको विचार गरि मुहुर्त निर्धारण गर्नु पर्दछ । यस्तो गणना गर्दा प्रतिष्ठानको स्वामि या होटेल जुन व्यत्तिको हो सोही व्यत्तिको जन्म एवं नामबाट विचार गर्नु उपयुक्त हुन्छ ।

भगवानको उत्तर पूर्व भागमा आधिकारीक क्षेत्र रिक्त राख्नु पर्दछ तथा दक्षिण पश्चिम दिशामा सघन निर्माण गरी गह्रुँगो बनाउनु पर्दछ । भवनको सबैभन्दा उच्च भाग दक्षिण–पश्चिम दिशा र निचो भाग उत्तर पूर्व हुनु श्रेष्ठ मानिन्छ । होटलमा स्वागत कक्ष उत्तर पूर्व या उत्तर पश्चिम दिशामा प्रवेशद्वारको नजिकै धनात्मक उर्जा क्षेत्रमा बनाउनु पर्दछ । स्वागत गर्ने कर्मचारीको मुख दक्षिण दिशामा हुनुपर्दछ । प्रतिक्षा कक्ष उत्तर पूर्व दिशामा, प्रवेशद्वार र स्वागत कक्ष सँगै बनाउनु पर्दछ ।

कफि सप दक्षिण या पश्चिममा बनाउनु पर्दछ । व्यापारिक गतिविधि क्षेत्र, पसल, वैंक, व्यूटीपार्लर, मुद्रा परिवर्तन या पर्यटन सेवा आदि दक्षिण दिशामा बनाउनु पर्दछ ।

होटलको रङ्ग विचार

वास्तुशास्त्रमा होटलको सजावट एवं रङले हाम्रो मनमा प्रभाव पर्दछ भन्ने विषयमा चर्चा भएको पाइन्छ । ऋषि, ज्योतिषी एवं वास्तुशास्त्रीहरुले मनका भावलाई रसमा वर्गिकरण गरी विभिन्न रङसंग सम्बन्ध जोडिएको पाइन्छ । होटलको उच्च सजावटकालागि विभिन्न प्रकारका रङ आवश्यक हुन्छ । सूर्यको प्रकाशमा सात रङ मिसिएको हुन्छ । प्रकाशको परावर्तनसँगसँगै त्यहा भएका विभिन्न एवं विशिष्ट रङ किरणद्वारा वातावरणमा फैलिएको हुन्छ ।

यस्ता रङ र तरंगले हाम्रो मानसिक स्थितिलाई विशेष प्रभाव पार्ने गर्छ । रङ शास्त्रीहरुले भनेका छन् , रातो एवं केशरी जस्तो पहेंलो रङले हाम्रो मनमा उत्तेजना पैदा गर्दछ । सामान्य महेंलो छिरविरे रङले उत्साह एवं उल्लास बढाउँछ । निलो वा हल्का खैरो रङले हाम्रो मनमा शान्ति र प्रशन्नता पैदा गर्दछ । कालो रङले शोक र निराशा पैदा गर्दछ ।

अव होटलमा कुन रङ कहाँ लगाउने भन्ने विषयमा चर्चा गरिन्छ – भोजन वनाउने तथा खाना खाने कक्षमा, खेल सम्बन्धि कक्षमा, दिनमा वस्ने कक्षमा एवं वैठक कोठामा रातो रङ लगाउनु पर्दछ । होटलको शयन कक्ष लवी एवं मानसिक (मनोरञ्जन) कक्षमा गुलावी रङ लगाउनु पर्दछ । त्यसले गर्दा होटलका पाहुनाहरुलाई सदैव आनन्दको अनुभूति प्राप्त हुन्छ । भोजन कक्ष, अध्ययन कक्ष, भगवान कक्ष आदिमा पहेंलो, रातो र मिश्रीत रङ लगाउनु पर्दछ ।

यसबाट ग्राहकको मनमा उमङ्ग, उत्साह एवं हर्ष बढ्न जान्छ । होटलको प्यासेज वा वाहिरी पर्खालमा सेतो वा हल्का पहेंलो वा हल्का निलो रङ लगाउनु राम्रो हुन्छ । यसले गर्दा उत्साह एवं मनोवल बढ्न गई राम्रोसँग कार्य सम्पादन हुन्छ । पाहुनाले पत्रिका पढ्ने ठाउँ, आगन्तुक बस्ने कक्ष र शयन कक्षमा हल्का पहेँलो रङ लगाउनु पर्दछ । पहेँलो रङ प्रशन्नता र शान्ति दुवै प्रदान गर्ने रङ हो । होटलको दक्षिणतर्फको शयन कक्ष, पूजा घरको वाहिरी वाल, धेरै चलखेल गर्ने खालको कोठामा गाढा निलो रङ लगाउनु पर्दछ ।

यसको प्रभावले पाहुनाहरुले तनावबाट शीघ्र मुक्ति प्राप्त गर्न सक्दछन् । शयन कक्ष एवं होटलको प्रवेश द्वारमा जामुनी रङ लगाउनु पर्दछ । यस रङको शक्तिले आत्माविश्वास बढाउने र मानसिक तनावबाट मुक्तिदिने हुन्छ । त्यसैगरी पाहुनाहरुको खाना बन्ने कक्ष, स्नान कक्ष, र दिनमा धेरै प्रयोग हुने कक्षा आदिमा हरियो रङ वा हल्का निलो रङ लगाउनु पर्दछ । यस्तो रङका प्रभावले मनमा आशा, हर्ष, उल्लास, परस्पर स्नेह, सौहार्दभाव एवं सुख सन्तोष प्राप्त हुन्छ । रङको मुष्य जिवनमा निकै ठूलो एवं विशिष्ट योगदान छ ।

विभिन्न ग्रहका दुष्प्रभाव तथा व्यापार व्यवसायमा समस्या हटाउन रङको महत्वपूर्ण भूमिका रहेको हुन्छ । होटलमा रहेका पाहुनाहरु शीघ्र स्वास्थ्यलाभ गर्न र होटलको उन्नतीकालागि समेत रङको र वास्तुको महत्वपुर्ण भूमिका रहेको हुन्छ । होटलको प्रवेश मार्गमा वृक्ष, खम्बा, कुवा, नलकुव, सेफ्टीट्याङकी, दुषित हावा निस्कने पाइप आदि हुनुहुँदैन र होटलको मुख्य प्रवेश मार्गका भित्ताहरुमा कालो रङ लगाउनु हुदैन । यस्ता वास्तु सम्बन्धी नियम पालना गर्नाले होटलमा धनात्मक उर्जा उत्पन्न भई पाहुनाहरुमा सुख शान्ति मिल्दछ ।

सवै प्रकारका बाधक तत्व निवारणार्थ मुख्य भवनको उचाई अधिक हुनु पर्दछ । ढोका एवं गेट राख्दा वास्तु नियम पालना गरी राख्नु पर्दछ । उत्तर वा पूर्व दिशा तर्फ होटलको मुख्य गेट राख्नु उपयुक्त हुन्छ । गेट वा ढोकामा रातो वा पहेंलो रङ लगाउनु पर्दछ । कालो र खैरो रङ गेटमा कहिल्यै लगाउनु हुँदैन ।

(लेखक राजकुमार सुवेदी वास्तु शास्त्री हुन् ।)

victoria20602003@gmail.com

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist