इलाम । ( चुलाचुली ) २०६१ सालमा एसएलसी पास गरेर अध्ययन छोडेकी कमला भट्टराई (ढुंगाना)१८ वर्ष पछि चुलाचुलीको जनता माविमा कक्षा ११ मा भर्ना भएकीछन् । उनी गएको वर्ष देखी उच्च शिक्षा लिन विद्यालय जान थालेकी हुन् । कक्षा ११ मा उनी राम्रो अंकका साथ उत्तिर्ण समेत भएकी छन् ।
गाउँपालिकालेबुहारी शिक्षा सुरु गरेदेखीइलामचुलाचुलीकीकमला जस्तै अन्यबुहारीले समेत उच्चशिक्षालिनपाएका छन् । बुहारीले पढ्न रहर गरे गाउँपालिकाले नैआर्थिक दायित्वलिने गरेको छ ।
इच्छा शक्ति भए गर्न सकिन्छ भन्ने नमुना उदाहारण समेत बनेकीछन् कमला भट्टराई । अर्थात कक्षाकोठाबाट तेस्रो हुँदै उनीउत्तिर्ण भइन् । त्यसले पनि आफुमा सन्तुष्टि जागेको कमलाको भनाई छ । परिवारको साथ, विद्यालयको हौसला र समाजको समेत प्रेरणा मिलेको उनको भनाई छ ।
उनी भन्छिन, ‘बिबाहसँगै पढाई टुंगिएको महसुस भइरहेको थियो गाउँपालिकाले बुहारी शिक्षा सुरु गर्यो अनी पढ्न आएँ ।’बिहान घरको काम भ्याएर दिउशो उनी कक्षाकोठामा बसेर शिक्षालिने गरेकी छन् ।
गाउँपालिकाले गएको वर्षदेखी ‘बुहारी शिक्षा’ सुरु गरेको हो । यो शिक्षा सुरु भएदेखी बिबाह सँगै पढाई छोडेकाहरुलाई राहतभएको छ । कमला जस्तै अन्य पाँच जनाले हाल चुलाचुलीमा निशुल्क अध्ययन गरिरहेका छन् । गाउँपालिका बाहिरबाट विवाह भइ आएका बुहारीहरुले उच्च शिक्षा लिन चाहेमा गाउँपालिकाले निशुल्क रुपमा शिक्षा दिने गरेको छ ।
यो शिक्षासँगै यहाँका बुहारीहरु समेत अध्ययनमा आउन थालेका छन् । पहिलो वर्ष नै गाउँपालिका भित्र पाँच जना बुहारीहरुले उच्च शिक्षा लिइरहेका ेगाउँपालिका शिक्षा शाखाका प्रमुख राम मिश्रले बताए । उनले हालकक्षा ११ को भर्ना चलिरहेकाले यस वर्ष समेत बुहारीहरु भर्नाहुँदै गरेको बताए ।
स्थानिय सरकारले स्थानिय जनताका साना सानाविकासका अपेक्षा पुरा गर्नु पर्दछ भन्ने बुझेर नै कार्यक्रमको थालनीगरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । उनले ठुला ठुलामहल बनाउँदा मात्र विकास नहुने समाज शिक्षित बनाउन सके पनि ठुलो विकास हुने बताए । जनतालाईशिक्षित गराउनु नै पहिलो विकास भएको उनको भनाई छ ।
गाउँपालिकामा ‘बुहारी शिक्षा’, बिद्यालयलाई निशुल्क बस वितरण, गाउँपालिकामा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएसँगै गाउँपालिका अध्यक्ष केरुङको शिक्षा क्षेत्रमा नाम कहलिएको छ ।
उनले भने ।‘स्थानिय सरकारले जनताको प्रतक्ष पिरमर्का बुझेर कामगर्नु पर्दछ भन्ने राम्ररी बुझेको छु ।’ केरुङले गाउँपालिकामा जितेर आएपछि यो कार्यक्रम सुरु गरेकाहुन् । चुलोचम्कामा मात्र सिमित रहेका बुहारीहरुलाई शिक्षादिक्षा दिएमात्र परिवार शिक्षित र समृद्ध बन्ने भएकाले गाउँपालिकाले यो कार्यक्रम थालेको उनीबताउँछन् ।
गाउँपालिकाभित्र रहेका बुहारीहरुले जनता मावि चुलाचुली२, बालज्योती मावि चुलाचुली ४, र राष्ट्रप्रेमीमा विचुलाचुली ६ फुङ्नाम गरी तीनवटा विद्यालयमा उच्चशिक्षा लिने व्यवस्था गरिएकोछ ।
घर ब्यवहारमा लागेर पढाईछोडेका महिलाहरु घरको कामसँगै अध्ययनगर्न आउन थालेसँगै गाउँपालिकाको यो कार्यक्रम समेत सफलबन्दै गएको छ । ६ वटा वडा रहेको यस गाउँपालिकामाजम्मा २० वटा सामुदायिक विद्यालय र ७ वटा निजि विद्यालयहरु सञ्चालित छन् ।
गाउँपालिकाले जनता माविमा बिद्यालय बस समेत वितरण गरेको छ । यस बिद्यालयमा सिभिल इन्जिनियरिङको कक्षा समेत सञ्चालनमा रहेको छ ।