काठमाडौँ । काठमाडौँ टोखास्थित झोरमा रहेको कोटे अल इन वन रिसोर्टले प्रत्यक्ष सांगितिक कार्यक्रम गर्ने भएको छ ।
बडादशैँको अवसर पारेर रिसोर्टमा यही असोज २८ गते साँझ साढे ३ बजेदेखि साढे ७ बजेसम्म लाइभ म्युजिक प्रोग्राम हुने रिसोर्टका सञ्चालक कृष्ण पौडेलले जानकारी दिएका छन् । उक्त कार्यक्रममा चर्चित तथा सदावहार गायिका चन्दा खत्री र शेर थामीको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमका लागि एकल टिकट २५ सय, युगल टिकट ४ हजार र परिवार टिकट ६ हजारको रहेको छ ।
उक्त रिसोर्टमा लोकल परिकारको स्वाद समेत प्रदान गरिने आयोजकले वताएका छन् ।