काठमाडाैँ । भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकले जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पमा परी घाइते हुनेहरूको उपचार तथा प्रभावितहरूको उद्धारका लागि कर्णाली प्रदेशलाई १ करोड ५० लाख रूपैयाँ दिने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले जानकारी दिएका छन् ।
गएरातिको भूकम्पका कारण कर्णालीको जाजरकोट र रूकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
प्रहरीका अनुसार भूकम्पमा परी अहिलेसम्म १३३ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते भएका छन् ।