इटहरी । आदिवासी जनजाति महासंघ सुनसरीले पुस्तकको विमोचना गरेको छ । भिम राई ‘परिवर्तन’ द्वारा लिखित ‘१००१ मन्त्र परिवर्तन, सफलता र आर्थिक स्वतन्त्रताको’ नामक जिवन उपयोगि पुस्तक प्रकाशन गरेको हो ।
लेट्स ग्रो टुगेदर नामक संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष श्री राम मान्दुपा राईले पुस्तकको विमोचन गरेका थिए।
शनिवार विमोचन भएको उक्त पुस्तकमा एघार परिच्छेदमा मानिसको जीवनमा सकारात्मक परिवर्तन र सम्पन्न जीवनका लागि आवश्यक विषयबस्तुहरु समेटिएको लेखकले दावी गरेका छन्।
ईटहरी स्थित किराया भावनामा भएको उक्त पुस्तक बिमोचन कार्यक्रममा खाद्ध तथा औषघी विज्ञानका अनुसन्धान कर्ता परशु विराट राईले पुस्तकको समिक्षा गरेका थिए । राईले पुस्तकमा युवा पुस्ताको लागि अत्यन्तै उपयोगि रहेको बताए ।
उनले भने, ‘यसले युवा पुस्ताहरुलाई जीवनमा उन्नतीको लागि नयाँपन दिनेछ ।’