धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आर्थिक कारोबारमा करोडौं कमिसनको चलखेल तथ्य फेला परेको छ ।
तत्कालीन उपकुलपति डा. गुरु खनाल र डेपुटी अस्पताल निर्देशक दिलीप ठाकुरको मिलेमतोमा करोडैं चलखेल भएको तथ्य सार्वाजनिक भएका हो ।
खनाल कार्यवाहक उपकुलपति हुँदा आर्थिक कारोबारमा पूर्णउपकुलपतिसरह निर्णय गरेर करोडौं कमिसनको चलखेल गरेको बाहिरिए सँगै डेपुटी अस्पतालका निर्देशक ठाकुरको पनि संलग्नता रहेको तथ्य फेला परेको छ ।
खनाल र ठाकुरलाई यस मिलेमतोमा आधा दर्जन भन्दाबढी आरोपहरु लागेका छन् । उनिहरुलाई लागेका आरोपहरुमा
१. मेडिकल माफिया चेतन अग्रवालसँगको मिलेमतोमा एकै बोलपत्रमा दुुईपटक भ्याट जोडेर ३२ लाख अपचलन गरेको
२. सुरक्षा ठेक्कामा ठेकेदार टेक लोहनीसँग नियमविपरीत सुरक्षा ठेक्का लगाए बापत २० लाख कमिसन लिएको,
३. डाइलाइसिस् युनिट निर्माण गर्ने ठेकेदार कम्पनीसँग २० लाख कमिसन लिएको,
४. फार्मेसी र चिकित्सक आवास निर्माण गर्ने ठेकेदार सुशील झा सँग १५ लाख कमिसन लिएको,
५. आफू कार्यवाहक उपकुलपति रहँदा भुक्तानी गरेको करिब २८ करोडबाट १० प्रतिशत कमिसन लिएको,
६. उपकुलपति बन्न स्थानीय नेकपाको सिफारिस लिएर प्रतिष्ठानलाई राजनैतिक मैदान बनाएको,
७. सरसफाइ सम्बन्धी ठेकेदार गोपाल श्रेष्ठलाई अनियमित तवरले ५० लाख भुक्तानी गरेर २० लाख कमिसन लिएको,