बनेपा । बनेपामा थोरै समयमा कोभिड स्याहार र सुधारमा ख्यातिप्राप्त गर्न सफल अस्पताल भोमी अस्पतालले अहिले एकैछाना मुनी सबै प्रकारका विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
यसरी छोटो समयमा नै धेरै जना कोभिड र गैरकोभिड बिरामीहरुको जीवन जोगाउन सफल भोमी अस्पताललाई उधोग राज्य मन्त्री कन्चन चन्द्र बाडेले आफ्नो नीजी सवारी दान गर्नुभएको छ ।
मानव सेवाका लागि अस्पतालले बिरामी ल्याउन पूर्याउन सक्ने गरि उक्त गाडी वहाँले दान गर्नुभएको हो । अस्पतालले उक्त सवारीलाई एम्बुलेन्सका रुपमा बिरामीको जीवनरक्षार्थ प्रयोग गर्ने बताएको छ । अस्पतालका कार्यकारी निर्देशक सगुन कायस्थले दाता कन्चन चन्द्र वाडेलाई धन्यवाद ज्ञापन गर्दै उक्त एम्बुलेन्सलाई काभ्रे जिल्लाकै नमुना एम्बुलेन्सका रुपमा सञ्चालन गर्ने बनाएका छन् ।