धनकुटा । दशै, तिहार तथा छठको अवसरमा नेपाल महिला संघ धनकुटाले आज शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले चाड पर्वको शुभकामना दिदै धनकुटा नगरपालिकाका १० वटै वडाका वडा सभापतीहरु र महिला संघ लगायत भात्तृ तथा शुवेच्छुक संस्थाहरुलाई स्वास्थ्य समाग्रीहरु वितरण गर्नु भएको थियो ।
नेपाल महिला संघ धनकुटाका अध्यक्ष तथा प्रदेश सभा सांसद लिला सुब्बाको अध्यक्षतमा सम्पन्न भएको शुभकामना आदन प्रदान कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापती अग्नी प्रसादा पौडेल, उपसभापती नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, महासमिति सदस्य आनन्द सन्तोषी राई, मिन कार्की, धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेष्ठ लगायतले शुभ कामना व्यक्त गर्दै महिला दिदि वहिनीको सहभागीताबाट मात्र कांग्रेस पार्टी सशक्त हुने वताउनु भयो ।
कार्यक्रमको संचालन महिला संघ धनकुटाका जिल्ला उपाध्यक्ष अम्विका धमलाले गर्नु भएको थियो भने स्वागत मन्तव्य महिला संघका धनकुटा नगर सभापती निरुपा राईले गर्नु भएको थियो ।
धनकुटा नगरपालिका वडा नं.१ का सभापती विर वहादुर तमांग, वडा नं.२ का सभापती राज कुमार राई, वडा नं. ३ का सभापती पदम भण्डारी, वडा नं. ४ का सभापती हरी प्रसाद तिम्सिना, वडा नं. ५ का सभापती धन कुमार राई, वडा नं.६ का सभापती रुपेश श्रेष्ठ, वडा नं. ७ का सभापती शैलेसमान श्रेष्ठ, वडा नं. ८ का सभापती सूर्य वहादुर राई, वडा नं. ९ का सभापती प्रेम खत्री, वडा नं. १० का सभापती विक्रम भट्टराई, धनकुटा लेडिज जेसिजका अध्यक्ष विसिका श्रेष्ठ लगायतका संघ संस्थाहरुलाई समेत सर्यू वहादुर प्रतिष्ठानको सहयोगमा नेपाली कांग्रेस धनकुटाको संयोजनमा स्वाथ्य समाग्रीहरु वतरण गरिएको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेसका सहसचिव सिता श्रेष्ठ, महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ, असित नर सिंह थापा, नेताहरु मान वहादुर मिश्र, बुद्धीकान्त घिमिरे, जिल्ला सदस्यहरु सुमिना तिम्सिना, खेम पौडेल, अम्विका परियार, राजेन्द्र पौडेल, रोशेष श्रेष्ठ, नगर कार्य समितिका उपसभापती अमित तामांग, सहसचिव शारदा सन्तोषी राई, सदस्य मञ्जु आर्चय, दुर्गा गोग्वा, नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष करुणा कटुवाल, नेपाल तरुण दल धनकुटका कार्यवहाक अध्यक्ष यूवराज पराजुली, नेपाली कांग्रेस धनकुटाका पूर्व जिल्ला सचिव राजन पौडेल, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु, नेपाल महिला संघ धनकुटा नगरका सचिव रेणु श्रेष्ठ, जनप्रतिनिधिहरु हिरा देवी राई, मुना रम्तेल लगायत सवै उपस्थित महानुभावहरुले एक आपसमा शुभ कामना आदन प्रदान गर्नु भएको थियो ।
उहाँहरु सवैले अव परिवर्तनको पक्षमा उभिदै नेपाली कांग्रेसलाई धनकुटाका विजयी गराउन सक्रिय हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।