- राम कटवाल
ईटहरी । प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनको सुनसरी शाखाले बडादशैं, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
नियमित रुपमा हरेक वर्ष आफ्ना सदस्य पत्रकार एवं शुभचिन्तकहरुलाई निम्त्याएर चियापान सहित मनाईदै आएको कार्यक्रम कोरोना महामारीका कारण आयोजना गर्न नसकेको भन्दै प्रेस युनियन सुनसरीले शुभकामना एवम चियापान कार्यक्रम सहभागी हुन सम्बन्धित सबैमा आग्रह गरेको हो ।
युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीले शुभकामना एवम चियापान कार्यक्रम सहभागी हुन सबैलाई आग्रह गरेका छन् । कोरोना महामारीका कारण गत वर्ष उक्त कार्यक्रम आयोजना गर्न नसकेको बताउँदै अधिकारीले भने, ‘प्रेस युनियनले नियमित रुपमा गर्दै आएको बडादशैं, शुभ दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम राखेका छौं । कार्यक्रममा सहभागि भएर शुभकामना आदान प्रदानमा सहभागी हुन सबै साथिहरुलाई आग्रह गर्दछु ।’
कार्यक्रम असोज २३ गते शनिवार बिहान ११ बजे इटहरी स्थित लायन्सक्लबको सभाहलमा हुने प्रेस यूनियन सुनसरीले जनाएको छ ।