ईनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक थुनुवाको मृत्युपछि इनरुवा बजार तनावग्रस्त बनेको छ । हिरासतमा थुनुवाको मृत्यु पछि बिहानैबाट प्रहरी कार्यालयमा प्रदर्शन शुरु भएको हो ।
ठुलो संख्यामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय अगाडी टायर बालेर प्रदर्शन गरिरहेका छन् । मृत्यु हुनेमा भोक्राहा ५ का हाकिव मिया रहेको बताईएको छ ।
सुनसरी सदरमुकामको अवस्था तनावग्रस्त बनेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । थप विवरण आउन बाँकि रहेको छ । तस्वीर सभार : फेसबुकबाट