काठमाडौं । आज देशका हिमाली क्षेत्रमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ६ बजेर ३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३७ मिनेटमा हुनेछ ।