काठमाडाैँ । समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता क्षेत्रीय प्रतिनिधि स्वर्गीय गणेश चेम्जोग लिम्बुको पार्थिव शरिरमा आज नेपाली कांग्रेस धनकुटाले पार्टीको झण्डा ओढाएर सम्मान पूर्वक लेउटीटार स्थित जंगलमा अन्त्यष्टि गरेको छ ।
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ४ स्थित राम मावि लेउटीटार विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका नेपाली कांग्रेसका यूवा नेता गणेश लिम्बु गत आइतबार घर नजिकैको रुखबाट घाँस काट्ने क्रममा लडेर घाईते भएकोले उपचारको क्रममा निधन भएकोले नेपाली कांग्रेस धनकुटाले पार्टीको झण्डा ओढाएर सम्मान सहित अन्त्यष्टि गरेको हो ।
नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, क्षेत्रीय सभापती जितेन्द्र राई, साँगुरीगढी गाउपालिकाका सभापती नेपाल धन राई, पूर्व पालिका सभापती यम प्रकाश मगर, वडा नं. ४ का सभापती पृती लिम्बु, नेपाल महिला संघ धनकुटाका जिल्ला उपाध्यक्ष अम्विका धमला लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएर स्वर्गीय चेम्जोंगप्रति सम्मान व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
सो अवसरमा राम माविका प्रधानाध्यापक कुल प्रसाद राई, नेपाली कांग्रेसका जिल्ला सदस्यहरु मोहन वान्तवा, भूपेन्द्र भण्डारी, तिर्थ राई, नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, यूवा नेता मणी चेम्जोग, पूर्व वडा सभापती राजेन्द्र ईवा, वडा नं. १ का पार्टी सभापती भूपेन राई, क्षेत्रीय प्रतिनिधि हेम कुमार लिम्बु, खड्ग लिम्बु, हर्क लिम्बु, कमल लिम्बु, अमर राई लगायतका नेताहरुले समेत श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
४२ बर्षको उमेरमा निधन भएका स्वर्गीय गणेश लिम्बुको आमा, बुबा, श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।