इटहरी । सुनसरीमा क्रियासिल पत्रकारको निशुल्क आँखा तथा कान परीक्षण सम्पन्न भएको छ । विश्व श्रवण दिवशको अबसरमा सुनसरीको इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा सुनसरीमा क्रियासिल पत्रकारको निशुल्क आँखा तथा कान परीक्षण गरिएको हो ।
उक्त निःशुल्क आँखा तथा कान उपचार शिविरको आयोजक नेपाल प्रेस युनियन सुनसरी रहेको थियो भने राष्ट्रिय फोटो पत्रकार समूह सुनसरी सहआयोजक रहेको थियो । उक्त शिविरबाट १४० जनाले लाभ लिएको पे्रस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
सञ्चारकर्मीहरुको आँखा उपचारका लागि विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा तथा कान उपचार शिविर आयोजना गरीएको हो ।
सञ्चारकर्मी तथा सञ्चारकर्मीका परिवारका सदस्यहरुका लागि सञ्चालन गरिएको आँखा उपचार शिविरमा जिल्लाका धरान , इटहरी,इनरुवा , रामधुनी , बराहक्षेत्र लगायतका ठाउँका सञ्चारकर्मी तथा परिवारले सेवा लिएका थिए ।
राष्ट्रिय फोटो पत्रकार समुह सुनसरीको सह आयोजना रहेको आँखा तथा कान उपचार शिविरमा अग्रज पत्रकार हर्ष सुब्बा, कृष्णविनोद लम्साल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का सहित विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुले आँखा तथा कान जाँच गराएका थिए ।
नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा भएको निःशुल्क आँखा उपचार शिविरमा आँखामा समस्या भएकाहरुलाई चस्मा तथा औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।