झापा । कास्यप गोत्रीय अधिकारी बंश प्रतिस्ठान झापा जिल्लाले एक कार्यक्रमको आयोजना गरि निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । लुम्बिनी प्रदेशको राजधानी बुटवलमा सम्पन्न छैठो केन्द्रिय महाधिवेशन पश्चात् केन्द्रिय समितीमा निर्वाचित भएका केन्द्रिय उपाध्यक्ष शान्तिबहादुर अधिकारी ,केन्द्रीय सचिब निर्मल अधिकारी,केन्द्रिय सचिवालय सदस्य एबम केन्द्रिय सदस्य पवन अधिकारी तथा चन्द्रमणि अधिकारीलाई झापा जिल्लाले सम्मान गरेको हो । सम्मानितहरुलाइ जिल्ला अध्यक्ष मोहन प्रसाद अधिकारीले खादा सहित अबिर लगाएर सम्मान गरेका थिए । सम्मान पश्चात् प्रमुख अतिथी समेत रहेका केन्द्रिय उपाध्यक्ष शान्तीवहादुर अधिकारीले विश्व भरका अधिकारीहरु एक रहेको बताएका थिए । उनले संगठन अघि बढी सकेकाले सबै एक भएर जानू पर्ने कुरामा समेत जोड दिए । कार्यक्रममा केन्द्रीय सचिब निर्मल अधिकारी,केन्द्रिय सदस्य पवन अधिकारी,चन्द्र मणि अधिकारि,लक्ष्मी अधिकारी लगायत झापा जिल्लाका स्थानीय पालिकाहरुका अध्यक्षहरु समेतले बोलेका थिए ।