काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका पाँच जनाको शव फेला परेको छ ।
शुक्रबार राती देखि परेको अविरल वर्षाका कारण दार्चुलामा पहिराे जाँदा नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको छ भने अझै ७ जना हराइ रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार पहिराेका कारण ठूलो क्षति पुगेको छ । क्षतिको विष्तृत विवरण संकलन गर्ने काम भइरहेको छ ।