ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मुआब्जालाई देखाएर रेल्वे र स्टेसन बन्न नदिने षड्यन्त्र भइरहेको जग्गाधनीको आरोप

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ५ गते, १०:५५ बजे
मुआब्जालाई देखाएर रेल्वे र स्टेसन बन्न नदिने षड्यन्त्र भइरहेको जग्गाधनीको आरोप
35
SHARES
Share on FacebookShare on Twitter

महोत्तरी ५ भदौ । रेल्वे कम्पनी तथा केही सरकारी संस्थाहरुले बर्दिबासमा मुआब्जालाई बिषय बनाएर रेल्वे स्टेसन नै बनाउन नदिने षड्यन्त्र भइरहेको रेल्वे पीडित संघर्ष समितिले जनाएको छ ।

पीडितहरुलाई चलनचल्तीको मूल्यभन्दा निक्कै कम मुआब्जा निर्धारण गरेर पूर्वाधार निर्माण प्रक्रियालाई लम्ब्याउने दिशातर्फ रेल्वे कम्पनी र सरकारी अधिकारीहरु उन्मुख भएको पीडितहरुको आरोप छ । ७ वर्ष अघि सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै ७ अर्ब २० करोड अनुदानमा जयनगर–जनकपुर–बर्दिबास खण्डमा ब्रोडजेग रेल्वेको पूर्वधार निर्माणको काम थालिएको थियो ।

२ वर्ष अघि नै सकिनु पर्ने समय सीमा भए पनि कहिले मुआब्जा बिवाद त कहिले आन्दोलन जस्ता कारणले अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । अहिले भारतीय रेल्वे कम्पनीले नेपाललाइ पूर्वाधार निर्माण प्रक्रिया तुरुन्त चाँडो अघि बढाउन दबाव दिइरहेको छ भने काम अगाडि नबढाए सम्झौता रद्द गर्ने  सम्मको चेतावनी दिइरहेको छ ।

रेल्वे स्टेसनदेखि लिक बनाउनसमेत मुआब्जामै अल्झिरहदा जयनगर–जनकपुर–बर्दिबास खण्डमा ब्रोडजेग रेल्वे चल्ने अन्यौल छ । अहिले बर्दिबास नगरपालिकामा मात्र रेल्वे स्टेसन बनाउन ५८ बिघा जग्गा सरकारले अधिग्रहण गरेको छ भने उक्त जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै डेढ सय परिवार आन्दोलित बनेका छन् । औपचारिकरुपमा नै सरकारी तवरबाट मुआब्जाको सुचना प्रकाशित भएपछी रेल्वे पीडित तथा किसानहरुले शुक्रबार पत्रकार सम्मेलन गरि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

‘अहिले नै आन्दोलनको स्वरुप कस्तो बनाउने भन्ने बिषयमा टुंगो लागेको छैन तर आमरण अनसनदेखि आन्दोलनको स्वरुप जस्तोसुकै हुनेछ ।’ संघर्ष समितिका संयोजक राजु खड्काले भने । पहिलो चरणमा शनिबार रेल्वेले अधिग्रहण गरेको जग्गामा सवै किसानहरुले एकलौटीरुपमा सरकारी तवरबाट भएको  निर्णयको बिरोधस्वरुप कालो झण्डा गाडेर औपचारिक आन्दोलनको सुरुवात गर्ने रेल्वे मुआब्जा पीडित संघर्ष समितिले जनाएको छ ।

पीडितहरुले प्रतिकठ्ठा न्यूनतम २० लाखदेखि अधिकतम १ करोड २० लाखसम्म मुआब्जा उपलब्ध गराउनु पर्ने अडान लिएका छन् । ‘हामी विकास विरोधी हैनौ, जसले बर्दिबासमा विकास हुन नदिने चलखेल गर्दै छन्  उनीहरुलाई पनि खबरदारी गर्न चाहान्छौ ।’ रेल्वे संघर्ष समितिका संयोजक खड्काले भने ।

प्रदेशसभा सदस्य शारदादेवी थापाले पनि पीडितहरुको मागमा ऐक्यबद्धता जनाएकी छन् । उनले पीडितहरुले राखेका मागको सुनुवाइ हुनुपर्ने बताइन् । वडा न. ७ का वडा अध्यक्ष फाल्गुन सुस्लिङ्ग मगरले वडाबासीहरु मुआब्जामा ठगिएको बताए ।

समितिले अधिग्रहण गरिएका जग्गाहरुको उचित मुआब्जा निर्धारण गर्नुपर्ने, जगा मापदण्ड र वर्गीकरण वैज्ञानिक ढङगले गर्नुपर्ने, मुआब्जा वितरण ढिलाई गर्न नहुने जस्ता माग राखेका छन् । समितिले संघर्षका कार्यक्रममा साथ दिन सबैलाई अपिलसमेत गरेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist