ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कर्णालीमा बेथिति – मेसिनबाट काम गराएर मजदुरको नामबाट भुक्तानी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ६ गते, १५:०२ बजे
कर्णालीमा बेथिति – मेसिनबाट काम गराएर मजदुरको नामबाट भुक्तानी
34
SHARES
Share on FacebookShare on Twitter

सुर्खेत । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७८ का अनुसार कर्णालीमा विकास निर्माणमा काममा मेसिनको प्रयोग गरेर मजदुरले काम गरेको रकम लिने गरेको पाइएको छ । कर्णाली प्रदेशका कृषि विकास कार्यालयले विभिन्न निर्माण उपभोक्ताहरुले आयोजनाका काममा मेसिनबाट काम गराएर मजदुरको बराबर भुक्तानी लगेका हुन् ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार जिल्ला कृषि विकास कार्यालय दैलेखले दर विश्लेषणअनुसार मेसिन लगाई १ घनमिटर माटो खन्ने कार्यका लागि रु. ६२ रुपैयाँ र मानिसबाट खन्ने कार्यका लागि प्रतिघनमिटर ३१४.१५ पैसा दररेट कायम गरेकोमा त्यसविपरीत कार्यालयले विभिन्न निर्माण उपभोक्ता समितिबाट गराई १४ हजार २४४ घनमिटर माटो तथा चट्टान खन्ने काममा भुक्तानी गर्दा मानिसबाट खनेको गणना गरेर प्रतिघनमिटर रु २५२.१५ पैसाका दरले ३५ लाख ९२ हजार बढी मेसिनबाट खनेको आधारमा बिल भुक्तानी दिएको छ ।

त्यस्तै, जिल्ला कृषि विकास कार्यालय मुगुले तीन उपभोक्ता समितिमार्फत मेसिन लगाएर मानिसबाट काम गराएको बिल ५७ लाख ३२ हजार भुक्तानी दिएको छ ।

जुम्लामा कृषि विकास कार्यालयले मानिसबाट माटो खन्ने कार्यका लागि रु. ४४८ प्रतिघनमिटर तोके र मेसिनबाट काम गराउँदा पनि सोही रकमका आधारमा भुक्तानी दिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । जुम्लाका विभिन्न कृषि आयोजनामा २५ हजार ३१ घनमिटर माटो खन्ने कार्यका लागि मेसिनबाट खनेर मजदुरले पाउने रु. ४४८ दरले भुक्तानी रु. एक करोड १२ लाख १३ हजार भुक्तानी लगेका छन् ।

मेसिनबाट काम गर्दा प्रतिघनमिटर रु. २६० दरले भुक्तानी दिने जिल्लाको दररेट छ ।

सार्वजनिक खिरद नियमावली २०६४ को उपनियम ९७ को(६) मा उपभोक्ता समितिले हरेक किस्ताको कामको प्राविधिक मूल्याङ्कन, बिल, भरपाई र खर्च प्रमाणित गर्ने अन्य कागजात समुदायको बैठकबाट अनुमोदन गराई सम्बन्धित सार्वजनिक निकाय पेश गर्नुपर्नेमा त्यसो नगरेर श्रमिकबाट काम गराएको नक्कली कागजात बनाएर मेसिनबाट काम गरेको भनेर बिल भुक्तानी गरेको महालेखाको प्रतिवेदनले देखाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist