ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रहरीको काँडेतारभित्र पशु अस्पताल, पशुकाे बाटोमै उपचार गर्न बाध्य छन् जनता

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ७ गते, १०:३३ बजे
प्रहरीको काँडेतारभित्र पशु अस्पताल, पशुकाे बाटोमै उपचार गर्न बाध्य छन् जनता
23
SHARES
Share on FacebookShare on Twitter

जाजरकोट । आफ्नै भवन र फराकिलो जग्गा हुँदाहुँदै पनि पशु अस्पताल तथा पशु सेवा कार्यालय सशस्त्र प्रहरीको काँडेतार भित्र खुम्चिएर बस्नु परेको छ । जनतासँग प्रत्यक्ष सम्पर्क र सम्बन्ध रहने कार्यालय दुई बर्षदेखि सशस्त्र प्रहरी बलको काँडेतारभित्र गुम्सिएर बस्नु पर्ने बाध्यता आइलागेको छ । भवन र ठाउँ अभावमा पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन ।

सदरमुकामस्थित थाप्लेमा कार्यालयको नाममा सात रोपनी जमिन छ । उक्त जमिनमा पाँच वटा भवन छन् । अरु सबै सशस्त्रले प्रयोग गर्न थालेपछि बाँकी रहेको एउटा भवनमा गुम्सिएर बस्नु परेको कार्यालयले जनाएको छ ।

संघीय संरचनाअन्तर्गत कार्यालयहरुको पुर्नसंरचना गर्ने क्रममा २०७४ सालमा जिल्ला पशु सेवा कार्यालय जाजरकोट खारेज गरेर पश्चिम रुकुमस्थित पशुपंक्षी विज्ञ केन्द्रमा गाभिएको थियो । तर सम्पर्क कार्यालयको नाममा केही कामकाज सोही कार्यालयबाट भैरहेको थियो ।

२०७४ सालमा सरकारले जाजरकोटमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने निर्णय गर्‍यो । केही समय जिल्लाका अन्य ठाँउमा बसे पनि उपयुक्त ठाँउ नपाएको सशस्त्रलाई तत्कालिन जिल्ला सुरक्षा समिति र राजनीतिक दलको सहमतिमा तत्कालीन जिल्ला पशु सेवा कार्यालयमा बसाल्ने निर्णय गरिएपछि २०७६ असारदेखि सशस्त्र प्रहरी बस्न थालेको हो ।

पुनः पशुपंक्षी सम्बन्धी कार्यालय जिल्लामा रहनुपर्ने आवाज उठेको र प्रदेश सरकारले समेत आवश्यकता महसुस गरेपछि पशु चिकित्सकको दरबन्दीसहित पशु अस्पताल तथा पशु सेवा कार्यालय स्थापना गर्ने निर्णय गरिएको थियो । उक्त निर्णयपछि २०७६ साउनदेखि नै कार्यालय सञ्चालनमा आयो ।

‘उता सशस्त्रको कार्यालय स्थापना भैसकेको थियो भने पशु अस्पताल तथा पशु सेवा कार्यालय आफ्नो घर जग्गा छोडेर अन्यत्र जाने कुरै भएन सँग सँगै बस्दै गयौ । तर साह्रै गाह्रो भैरहेको छ,’ पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जरबहादुर भक्रीले भने, ‘सुरक्षा पोष्ट बाहिर भित्र कार्यालय भएकोले सेवाग्राही र कार्यालयका कर्मचारी दुवैलाई समस्या भैरहेको छ । अहिलेसम्म पशु अस्पताल समेत स्थापना गर्न सकेका छैनौं । पशु चौपायाको उपचार बाटोमै गर्ने गरेका छौं । धेरै समस्या भयो । निकासका लागि धेरै ठाँउ पहल गर्‍यौं तर सुनुवाई भएन । दुवै अफिस एकै ठाउँमा हुँदैन । तत्काल विकल्प खोज्नु पर्छ ।’

त्यसो त सशस्त्र प्रहरी गुल्म पनि सरकारी संस्था हो । राज्यले जहाँ ब्यवस्था गर्छ त्यही बस्ने हो । त्यतिबेला कार्यालय खाली थियो । सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त देखिएपछि त्यहाँ बस्यो । तर अहिले सशस्त्रलाई पनि दुवै कार्यालय सँगै बस्नु पर्दा अफ्ठयारो लागिरहेको छ । ‘एक सय ५० जना सशस्त्र प्रहरीलाई स्वभाविक रुपमा फराकिलो ठाउँ चाहिन्छ । तर अर्को कार्यालयसँग मिलेर बस्नु पर्दा धेरै गाह्रो भैरहेको शसस्त्र प्रहरी गुल्मका प्रमुख डिएसपी नरेश भण्डारीले बताए ।

‘जिल्ला सुरक्षा समिति र राजनीतिक दलको सहमतिमै बसेका हौं । जहाँ ब्यवस्था हुन्छ त्यहीँ बस्छौं । केही ठाउँहरु हेर्ने काम भए पनि सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएपछि गएका छैनौं । केही समयअघि राजनीतिक दल, स्थानीय सरकारका प्रमुख, सुरक्षा निकाय सहितको बैठकबाट पशु कार्यालयलाई अन्य ठाउँमा सारेर अहिले बसिरहेको पशु सेवा कार्यालयकै जग्गामा सशस्त्रलाई बसाल्ने निर्णय भएको हो,’  डिएसपी भण्डारीले भने, ‘यसबारेमा सम्बन्धित निकायमा आवश्यक जानकारी र पहल भैरहेको छ । के निकास आउँछ त्यहीँ गर्छौं ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist