काठमाडौं । कीर्तिपुरको खेल मैदानमा भएको एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई हराउँदै नेपाल समूहको विजेता बनेको छ ।
नेपालले ६८ रनले हराउँदै बिजेता बनेको हाे । नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।