ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

फुटबलमा कीर्तिमान को नजिक किरण

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २० गते, १०:३५ बजे
फुटबलमा कीर्तिमान को नजिक किरण
18
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, २० भदौ । नेपाली फुटबलका लागि किरण पनि रवीबारकै दिन इतिहास बनाउने संघारमा छन् । कुरा जोडिन्छ, नेपाली फुटबल टोलीका कप्तान किरणसँग । डेब्यु खेलमै चोट खेपेका किरण मैदानमा फर्कने स्थितिमा थिएनन् । आत्माबलकै कारण चोट निको पार्दै किरण एउटा इतिहासको खुड्किलाे पार गर्दैछन् ।

दशरथ रंगशालामा भारतविरुद्ध उत्रदै गर्दा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बु ‘चेम्जोङ’का लागि विशेष दिन हुनेछ । भारतविरुद्ध खेलमा नेपालको रेकर्ड खासै राम्रो स्थितिमा नरहे पनि किरणको व्यक्तिगत जिन्दगीमा भने यो खेलले निकै अर्थ राख्छ ।

दरशथ रंगशामा साझ साढे ५ बजे सुरु हुने खेलमा यदी ‘प्लेईङ सेट’ मा रहे किरणले नेपाली फुटबलमा कीर्तिमान बनाउने छन् । किरण राष्ट्रिय फुटबलमा सर्वाधिक ७४ क्याप जित्ने पहिलो खेलाडी बन्नेछन् ।

गत बिहीबार किरणले पूर्वकप्तान विराज महर्जनको नाममा रहेको ७३ क्याप बराबरी गरेका थिए । ३१ वर्षे किरणले यस अघि पूर्वखेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यलाई पछि पारेका थिए ।

किरणले २४ मे २००८ मा मकाउविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । नेपालका लागि जर्मन प्रशिक्षक थोमस फ्लाथले किरणलाई ‘प्लेईङ सेट’ मा राख्दै डेब्यु गराएका थिए ।

एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध २३ मिनेटमात्रै खेलेका किरण चोटका कारण मैदान छाड्न बाध्य भए । त्यसयता करिब १३ वर्ष राष्ट्रिय टोलीबाट खेलेका किरणले आफू यो अवसरसम्म आइपुग्नेमा आशावादी नभए पनि मिहिनेतका कारण यो उपलब्धि हासिल गरेको बताए । ‘डेब्यु खेलमा नै घाइते भएपछि यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन । निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु,’ कप्तान किरणले न्युज कारखानासँग भने । ‘देशका लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु,’ किरण भन्छन् ।

किरणले यसअघि सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध पहिलो पटक कप्तानी ‘आर्मब्याण्ड’ लगाउन पाएका थिए । कप्तानी रुपमा पहिलो पटक नेपालमा आयोजना भएको थ्रि नेसन्स कपको उपाधि हात पारेका हुन् । किरणका यी दुई उपलब्धिका साक्षी प्रशिक्षक बालगोपाल महर्जन हुन् ।

किरणले घरेलु लिगमा मछिन्द्र, थ्रिस्टार, मनाङ मर्स्याङ्दी र मोफसलमा नेपाल पुलिसबाट समेत खेलेका छन् । पहिलो नेपाल सुपर लिगमा उपविजेता धनगढी एफसीको आइकोनिक खेलाडीको रुपमा खेले । किरणले माल्दिभ्सको टिसी स्पोर्टस् क्लब र भारतको आई लिग मिनर्वा पञ्जाबबाट लिग उपाधि हात पारेका छन् ।

भारत र माल्दिभ्समा किरण लिगमै सर्वाेत्कृष्ट गोलरक्षक चुनिएका थिए । घरेलु लिगमा भने किरणले थ्रिस्टारबाट लिग उपाधि हात पारेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist