एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसले साम्पडोरियालाई ३–२ ले पराजित गरेको हो । युभेन्टसका लागि १० औँ मिनेटमा पउलो डिबाला, ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा लियोनार्दो बानुकी तथा ५७ औँ मिनेटमा मानुएल लोकातेलीले गोल गरेका हुन् ।
साम्पडोरियका लागि योशिदाले ४४ औँ तथा कान्ड्रेभाले ८३ औँ मिनेटमा गोल गरेका हुन् । युभेन्टसले लिगमा यो सिजन लगातार दोस्रो जित दर्ता गरेको हो । जितसँगै ६ खेलबाट ८ अंकसहित युभेन्टस नवौँ स्थानमा पुगेको छ ।
आइतबार राति भएका अरु खेलमा नापोलीले काग्लिएरीलाई २–०, लाजिओले रोमालाई ३–२, फियोरेन्टिनाले युडिनेसलाई १–०, एम्पोलीले बोलोग्नालाई ४–२ तथा सासुओलोले सालेर्नितानालाई १–० ले पराजित गरेका छन् ।