काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलाे खेलमा काठमाडौं किंग्स-११ र चितवन टाइगर्स खेल्दै छन् ।
काठमाडौं र चितवनबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । चितवनले पहिलाे खेलमा विराटनगर वारियर्सलाई पराजित गरेकाे थियाे ।
आजै दिउँसाे साढे १ बजे हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्सबीच प्रतिष्पर्धा हुनेछ । भैरहवाले बुधबार भएकाे खेलमा विराटनगरलाई हराएको थियो । त्यसअघि भैरहवाले पोखरा राइनोजसँग १ अंक बाडेको थियो । ललितपुर भने यसअघि भएका दुबै खेलमा पराजित भएकाे थियाे