धरान । धरान उपमहानगरपालिका वडा नं. १४ का फुटबल खेलाडीहरुलाई टि–सर्ट वितरण गरिएको छ ।
मङ्गलबार आईडियल बोर्डिङ स्कुल धरान १४ ले एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै टि–सर्ट वितरण गरेको हो । कार्यक्रममा मेयर तिलक राईले खेलाडीहरुलाई टि–सर्ट वितरण गरेका थिए ।
स्कूलका निर्देशक सागर खड्काले ईतिहासमै पहिलो पटक वडा नं. १४ ले २१ औं गोधुली रनिङ कपमा विजेता भएको भन्दै खेलाडीहरुको सम्मान स्वरुप टि–सर्ट वितरण गरिएको जानकारी दिएका छन् । मेयर राईले गोधुली कपमा धरान १४ को ऐतिहासिक जित हासिल गर्न सकेको बताए ।
आईडियल स्कुलले खेलाडीहरुको सम्मान स्वरुप टि–सर्ट वितरण गरेको भन्दै मेयर राईले प्रशंसा गरेका थिए । टि–सर्ट वितरण कार्यक्रममा सोही वडा वडाध्यक्ष कृष्णप्रसाद भट्टराई लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।