माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत पुगेको छ। बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोक्दै पहिलोपटक फाइनलमा पुगेको हो।
भारतले माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा पुगेपछी फाईनलमा नेपाल भारत आमनेसामने हुने भएका छन ।
अपराह्न भएको खेलमा बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाएका थिए। नेपालका लागि भने अन्जन विष्टले दोस्रो हाफको ८८औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्। बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ।
बुधबार राति ९:४५ बजे भएको भारत र माल्दिभ्सबीचको खेलमा भारत ३-0 ले विजयी भएको हो। फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा हुनेछ।