काठमाडाैं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दाेस्राे जित हात पारेकाे छ ।
बिहीबार युएईकाे दुबईमा भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै लगतार दाेस्राे जित हात पारेकाे हाे । याेसँगै अष्ट्रेलियाले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएकाे हो ।
श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले ३ ओभर बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्याे । अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले ६५, कप्तान एरोन फिन्चले ३७, स्टिभ स्मिथले नटआउट २८ र मार्कुस स्टोइनिसले १६ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डि सिल्भाले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । श्रीलंकाका कुशल परेरा र चरिथ असलन्काले समान ३५-३५ तथा भानुका राजापक्षले ३३ रन र एडसुन सनाकाले १२ रन बनाए । अष्ट्रेलियाका लागि मिचेल स्टर्क, प्याट कमिन्स र एडम जाम्पाले समान २-२ विकेट लिए ।
जितसँगै समूह ‘ए’मा रहेको अष्ट्रेलिया २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । पराजित श्रीलंका समान खेलबाट २ अंकसहित समूहको चौथो स्थानमा छ ।