काठमाडाैँ । अनुशासन र स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाको भगवती यूवा क्लव मेलाङचुङले आज देखी अन्तर पालिका वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको छ।
उक्त भलिबल प्रतियोगिताको महालक्ष्मी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष शिव कुमार तुम्बा र नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गर्दै खेलकुलको विकासमा राज्यले उचित ध्यान दिनु पर्नेमा जोड दिएका छन्। भलिबल खेलको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, वरिष्ठ समाजसेवी मान वहादुर मिश्र, शान्त बहादुर कुवँर लगायतले राज्यको पहिचानको रुपमा रहेको भलिबल खेलको लागी राज्यले उचित लगानी गर्नु पर्ने वताएका छन्। खेलकुदले यूवाहरुलाई अनुशासित बनाउनुका साथै स्वस्थ्य पनि बनाउने भएकाले सवैले खेलकुदमा सहभागी हुनु पर्नेमा जोड दिए।
भगवती यूवा क्लवका अध्यक्ष भक्त वहादुर तामाङको अध्यक्षमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य क्लबका पूर्व अध्यक्ष दल वहादुर कुवँरले गरेका थिए। कार्तिक १७ गतेसम्म संचालन हुने उक्त भलिबल प्रतियोगितामा विभिन्न पालिकाहरुका गरी जम्मा १३ वटा टिमहरुले भाग लिईरहेको आयोजक क्लवका अध्यक्ष भक्त वहादुर तामाङले जानकारी दिएका छन्।
साे कार्यक्रममा महासमिति सदस्यहरु घनेन्द्रराज श्रेष्ठ, मिन कार्की, जिल्ला सदस्यहरु जयन्द्र घिसिङ, पूर्व जिल्ला सहसचिव राजन पौडेल, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु, सहसचिव भोला भट्टराई, नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ४ का सभापती तेज कुमार श्रेष्ठ, वडा नं. ६ का सभापती राजिव बुढाथोकी, क्षेत्रिय प्रतिनिधि हिमा कार्की लगायत नेपाल तरुण दल धनकुटाका कार्यवाहक अध्यक्ष युवराज पराजुली, क्षेत्रिय अध्यक्ष तिलक महत, नेपाल निर्माण व्यवासायी संघ धनकुटाका उपाध्यक्ष प्रकाश राई लगायतले पनि शुभकामना व्यक्त गरेका थिए।