काठमाडौं २२ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टिम र भारतको राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल हुने जानकारी दिएको छ ।
आगामी भदौमा नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । एन्फाले आफ्नो वेबसाइटमा भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुने उल्लेख गरेको छ ।
नेपालले पछिल्लो पटक भारतलाई २०१३ को साफमा २–१ ले हराएको थियो । त्य अधि नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । दुई खेल नेपालले जित्दा ४ खेल बराबरीमा सकिएको छ ।