काठमाडौं २२ साउन । बार्सिलोनाले फुडबलका महान हस्ती लाई गएरातिदेखि बिध ागर्ने भएको छ । दुई दशक भन्दा बढी समय बार्सिलोनामा बिताएका लिओनल मेसी र क्याटलान क्लबको सम्बन्ध गएरातिदेखि सकिएको छ । दर्जनौं भन्दा बढि उपाधि दिलाई कयौँ कीर्तिमान राखेका मेसी अब बार्सिलोनामा नबस्ने भएका छन् ।
मेसीलाई बार्सिलोनाबाट बिदाई गर्नको लागि ला लिगा महत्वपूर्ण बाधक बन्यो । मेसी र बार्सिलोना एक आपसमा छुट्न नचाहे पनि ला लिगाको आर्थिक नियमले मेसीलाई बार्सिलोना छोड्न बाध्य बन्यो । खासमा मेसी र बार्सिलोना ५ वर्षको लागि नयाँ सम्झौता नजिक पुगेको बेला ला लिगाको नियमले पास्सा उल्लो पारीदियो ।
बार्सिलोनाले विज्ञप्ति नै जारी गर्दै मेसीलाई बमर्सिलोनममै राख्ने चाहना हुँदा हुँदै पनि सम्झौता गर्न नमिलेको जनाएको छ ।
पहिलो पटक सन् २००० मा बार्सिलोनाको युथ एकेडेमीमा भर्ना भएका मेसीले सिनियर टिममा खेलेको नै १७ वर्ष भइसकेको छ । नयाँ सिजन सुरु हुनु केही समयअघि मात्रै मेसीले बार्सिलोना छाडेपछि अब उनी क्लब क्लब जालान् भन्ने चासोको विषय बनेको छ ।