काठमाडौं २८ साउन । नेपाल राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको उत्पन्न भएको अझै समधान नभए पिछ आज विवाद समाधानका लागि मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् ।
विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् द्वारा गठित छानबिन समितिमा घटनासँग सम्बन्धित रहेर प्रशिक्षक र उपाध्यक्ष बिच बयान लिएको थियो । करिब २ घण्टा लामो बयान दिएर फर्किएका प्रशिक्षक अल्मुताइरीले आफू छानबिन समितिको अनुसन्धानसँग सकारात्मक भएकोे प्रतिक्रिया दिए ।
प्रशिक्षक अबदुल्लाह अल्मुताइरीको सञ्चारकर्मीसँग भएको विवादमा प्रशिक्षक अल्मुताइरीले नेम्बाङको नाम जोडेपछि विवाद चर्किएको थियोे । प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले विवाद उतपन्नमा उपाध्यक्षका कारण रहेको बताएका थिए ।
विवाद लम्बिदै गएपछि खेलकुद मन्त्रालयको निर्देशनमा राखेपको समितिले छानबिन प्रक्रिया बढाएको हो । छानबिनका लागि आजै उपाध्यक्ष पंकज विक्रम नेम्वाङले करिब डेढ घण्टा बयान दिएका थिए ।
विवाद समाधान गर्न तेस्रो पक्षलाई जिम्मा दिनु गलत भन्दै प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका थिए । अध्यक्ष कर्माछिरिङ शेर्पा, पूर्वप्रवक्ता किरण राईसँग पनि समितिले यस अघि बयान लिएको थियो ।
खेलकुद मन्त्रालयलाई एन्फा विवाद समाधानका लागि एन्फा आकस्मिक कार्यसमितिले छानबिन जिम्मा दिने निर्णय गरेको थियो । सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको राखेपलाई खेलकुद मन्त्रालयको निर्देशन थियो ।
समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन खेलकुद मन्त्रालयले निर्देशन दिएको थियो ।