काठमाडौं ३२ साउन । इंग्ल्यान्डको घरेलु मैदानमा जारी पाँच खेलको टेस्ट सिरिजको आज दोस्रो खेलमा चलिरहदाँ भारतलाई जित भन्दा पनि अब बराबरी महत्वपुर्ण भएको छ । यस अगाडिको पहिले खेल वर्षाले प्रभावित भएपछि बराबरीमा सकिएको थियो । आजको खेलमा भारतले इंग्ल्यान्डलाई रोक्नका लागि भएपछि मैदानमा डटेर लड्नु पर्ने छ ।
लर्डसमा जारी टेस्टको दोस्रो इनिङको चौंथो दिन भारतले ६ विकेट गुमाएर १८१ रन बनाएको छ । अजिंक्य रहाणेले सर्वाधिक ६१ रन बनाए भने, चेतेश्वर पुजाराले ४५ रन जोडदेखि बाहेक कसैले पनि राम्रो अंक बटुल्न सकेनन् । ऋषभ पन्त १४ तथा इशान्त शर्मा ४ रन बनाएर अविजित छन् । त्यस्तैे, कप्तान विराटको ब्याट दोस्रो इनिङमा पनि नचले पछि विराट २० रन बनाएर आउट भए ।
पुजारा र रहाणेले चौंथो विकेटका लागि १०० रनको साझेदारी गर्दा भारत अलआउट हुनबाट जोगियो भने कम स्कोरबाट समेत बचेको थियो ।
उता, इंग्ल्यान्डका लागि मार्क वुडले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मोइन अलीले २ तथा सेम करनले १ विकेट लिए ।
अन्तिम दिन भारतसँग ४ विकेट बाँकी छ । यस्तोमा भार जतिसक्दो लामो समय क्रिजमा रहने प्रयासमा हुने छ । सुरूवातमै आउट भएमा भने भारतलाई इंग्लिस टीमलाई रोक्न मुस्किल पर्नै छ । अहिलेसम्म भारत समग्रमा १५४ रनले अघि छ । त्यसैले इंग्ल्यान्ड जतिसक्दो चाँडो भारतलाई अलआउट गर्दै ब्याटिङका लागि मैदानमा उत्रने दाउमा रहेको छ ।
इंग्ल्यान्डले भारतलाई अलआउट गर्दै लक्ष्य पुरा गर्न नसकेमा खेल बराबरी हुने छ । यदि भारतले इंग्लिस ब्याट्सम्यानलाई अलआउट गरेमा भारत विजयी हुने निश्चीत रहेको छ ।







