काठमाडौं । अमेजनले भर्खरै नयाँ रोबोट सार्वजनिक गरेको छ । अमेजनले सार्वजनिक गरेको रोबोटले अब मान्छेले जस्तै सुन्न र हेर्नसक्ने छ ।
यो रोबोटले घरको मान्छहरुलाई सुचना दिने काम गर्न सक्ने र सुचनाको काममा मान्छेलाई सहयोग गर्न सक्ने भनेर अमेजनले जानकारी दिएको छ ।
‘एस्ट्रो’ नाम दिइएको यो रोबोटले घरका मान्छे बाहिर गएको अबस्थामा केहि अपरिचित मान्छे तपाईको घरमा आएको कुराको जानकारी दिने गर्द छ ।
रोबोटले हल्का सामानहरू एक ठाउँ देखि अर्को ठाउँ सम्म पुर्याउने सक्ने छ । १७ इन्चको यो रोबोट को एक हजार अमेरिकी डलर पर्ने छ । कम्पनीका अनुसार अब यो रोबोट छिटै बजारमा आउदै छ ।
विभिन्न कमाण्ड मान्ने यो रोबोर्ट को अर्को आकृषक पक्ष भनेको यदि तपाई कुनै गित सुन्न चाहानु हुन्छ भने उक्त रोबोटले त्यो गित गाएर पनि सुनाउने कम्पनीको दाबि रहेको छ ।