काठमाडौं । गुगलले आजदेखि लाखौं स्मार्टफोनमा गुगलका सम्पूर्ण सर्भिस पूर्णरुपमा बन्द गरेको छ ।
गुगलले आजदेखि ती लाखौं मोबाइलमा युट्युव, जिमेल, गुगल म्याप जस्ता सर्भिसमा पूर्ण बन्देज लगाएको हो । यसको बारेमा जानकारी दिदै कम्पनीले आफ्नो ब्लग पोस्टमार्फत जानकारी गराएको थियो ।
कम्पनीका अनुसार एन्ड्रोइड २.३ मा आधारित स्मार्टफोनमा अब गुगलको कुनै पनि सर्भिस दिईने छैन । त्यस्ता स्मार्टफोनमा अब प्रयोगकर्ताले गुगल सर्भिसको लगइन अप्सननै पाउने छैनन् ।
गुगलको एन्ड्रोइड २.३ भर्सन सन् २०१० मा सार्वजनिक भएको थियो । प्रयोगकर्ताको सुरक्षा ध्यानमा राख्दै अब उक्त भर्सनका स्मार्टफोनमा सपोर्ट बन्द गरिएको हो ।