ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

‘सेल्फी स्पट’ बन्यो दुधकोसीको सस्पेन्सन मोटरेबल ब्रिज

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १७ गते, ११:१९ बजे
‘सेल्फी स्पट’ बन्यो दुधकोसीको सस्पेन्सन मोटरेबल ब्रिज
60
SHARES
Share on FacebookShare on Twitter

खोटाङ । खोटाङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने दुधकोसीको पुल अहिले सबैको तस्बिर खिच्ने-खिचाउने थलो बनेको छ । पुलको आकर्षक संरचना र ४२ वर्षपछि राष्ट्रिय सडक सञ्जालमा स्थायी रूपमा जोडेकाले पनि पुल सेल्फी खिच्ने वा खिचाउने थलो बनेको हो ।

दुधकोसी पुल वारपार गर्नेक्रममा यात्रुले गाडी रोकेर पुलको तस्बिर लिने गरेका छन् । सर्वसाधारणदेखि दलका नेतादेखि सिडिओ, जनप्रतिनिधि, सांसदसम्मले सो पुललाई पृष्ठभूमिमा राखेर तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा राख्ने गरेका छन् ।

रिजर्भ गाडी भए एकछिन रोकेर, नभए पनि गाडीबाटै पुलको तस्बिर मोबाइल वा क्यामेरामा कैद गर्ने गरेका छन् । विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन र दिवाकर गोल्छाको हुलास कम्पनीले २०६८ असार मसान्तसम्ममा पूरा गर्ने सर्तमा २०६६ भदौमा पुल निर्माणको जिम्मा लिएको थियो । बीचमा पिल्लर नराखिएको सो पुल अन्य पुलको तुलनामा आकर्षक देखिएको स्थानीय बताउँछन् ।

पुलको बनावट र संरचनाले चीनका नदी तथा खोलामा बनाइएका पुलको झल्को दिन्छ । करिब ११ करोडको खर्चमा ८ मंसिर ०७४ सञ्चालनमा आएको डेढ सय मिटर लम्बाइ भएको दुधकोसी पुलको संरचना दुई किनारमा ठड्याइएको अग्लो दुई पिल्लरले मात्रै थेगेको छ ।

चिनियाँ प्रविधि प्रयोग गरेर दुधकोसीको जयरामघाटमा बनाइएको ‘सस्पेन्सन मोटरेबल ब्रिज’ नेपालकै नमुना र आकर्षक भएकाले धेरैलाई आकर्षित गर्ने गरेको कालिका कन्स्ट्रक्सनका साइड इन्जिनियर सीताराम कार्कीले बताए । ‘जयरामघाटको सस्पेन्सन मोटरेबल ब्रिज नेपालमा भित्रिएको नयाँ प्रविधिबाट बनेको छ,’ कार्कीले भने, ‘पुलको लुक्स अन्य पुलकोभन्दा आकर्षक भएकाले सबैलाई लोभ्याउनु स्वाभाविक हो ।’

सुगम ठाउँमा समेत यस किसिमको नयाँ प्रविधि प्रयोग गरेर पुल बन्न नसकेको अवस्थामा विकट ठाउँमा नयाँ शैलीको पुल बनाउन नेपाल सरकार सफल भएको छ । पहाडी खोला तथा नदीलाई सुहाउँदो संरचना भएको पनि सो पुल आकर्षक देखिएको कार्कीले बताए ।

जयरामघाटको मोटरेबल पुल खोटाङ भित्रिने र बाहिरिने प्रमुख नाका हो । त्रि–धार्मिकस्थल हलेसी आउजाउन गर्ने पर्यटक तथा दर्शनार्थी पनि यही पुलमार्फत नदी वारपार गर्छन् । दैनिक हजारौं यात्रुले वारपार गर्ने पुलको प्रकृति र फरकपन तिनै यात्रुमार्फत मुलुकभर नै फैलिँदो छ ।

लामो समयपछि आफ्नो जिल्ला सडक सञ्जालमा जोडिएकाले पनि दुधकोसीको पुलमा तस्बिर खिच्ने र खिचाउने गरेको प्रदेशसभा सदस्य राजन राईले बताए । ‘लामो प्रतीक्षापछि हामी सडक सञ्जालमा जोडियौं भन्ने सुखद अनुभूतिमा पनि सो पुलमा तस्बिर खिच्ने खिचाउने गरिन्छ,’ प्रदेशसभा सदस्य राईले भने, ‘यस किसिमको नयाँ प्रविधि प्रयोग गरेर बनाइएको नेपालकै दोस्रो आकर्षक पुल भएकाले पनि यसप्रति सबैको चासो जागेको हो ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist