ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

नेपाल बैंक र व्यवसायीबीच सहमति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार २६ गते, ९:०५ बजे
नेपाल बैंक र व्यवसायीबीच सहमति
22
SHARES
Share on FacebookShare on Twitter

कास्की । पोखरा उद्योग वाणिज्य संघले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय तथा उसको स्वामित्वमा पोखरा–९ पृथ्वीचोकस्थित व्यावसायिक भवनको सटरमा व्यवसाय गर्दै आएका व्यवसायीबीचको विवाद सहमतिमा टुङ्ग्याइएको छ ।

बैंकको प्रादेशिक कार्यालय पोखराको त्यहाँका व्यवसायीले सहमतिअनुसारको भाडा नतिरेको दाबी एवं व्यवसायीले कोभिड–१९ को समयमा घोषित भाडा छुटको निर्णय कार्यान्वयन नभएको गुनासोबीच विवाद बढिरहेको थियो ।

विवाद बढ्दै जाँदा बैंकले भाडा असुलीका लागि कानुनी बाटो समात्दै ऋणीहरूको नाम सञ्चारमाध्यममार्फत सार्वजनिक गरेको थियो । बैंकले बक्यौता बुझाउने अन्तिम मिति यही असार २५ गते ११ बजेसम्मलाई तोकेपछि त्यहाँका व्यवसायीले सहजीकरणका लागि पोखरा उद्योग वाणिज्य संघमा रहेको हेल्पडेक्समा लिखित आग्रह गरेका थिए भने बैंक व्यवस्थापन पनि सहजीकरणका लागि पोखरा उद्योग वाणिज्य संघको मध्यस्थता स्वीकार्दै वार्तामा बस्न राजी भएको थियो ।

समस्या समाधानका लागि नेपाल बैंकका सहायक कार्यकारी निर्देशक प्रकाशकुमार अधिकारी, पोखरा उद्योग वाण्ज्यि संघका अध्यक्ष पवनकुमार प्रजापति तथा महासचिव बलराम आचार्य, बैंकका सहायक कार्यकारी निर्देशक अधिकारी, गण्डकी प्रदेश प्रमुख सचिता पराजुली, व्यवसायीबीचको छलफलपछि सहमति गरिएको हो ।

सहमतिअनुसार व्यवसायीले कोभिड–१९ को अवधिमा दिने भनिएको छुटबाहेकको भाडा रकममध्येको न्यूनतम ५० प्रतिशत असार २६ गते र बाँकी असार ३१ गतेसम्म बुझाउने सहमति गरिएको छ । यसमा २०७७ सालमा बढाइएको भाडा र त्यसमा लगाइएको जरिवाना समावेश नगर्न पनि बैंक र व्यवसायी राजी भएका छन् ।

यस्तै वैज्ञानिक भाडादर कायम एवं भाडा समायोजन सम्झौताअनुसार वृद्धि हुनुपर्ने भाडादरमा लागेको जरिवाना मिनाहा गर्नका लागि पोखरा उद्योग वाणिज्य संघ, व्यवसायी र बैंकको पोखरा कार्यालयले केन्द्रीय कार्यालयमा लिखित अनुरोध पठाउने सहमति भएको छ ।

म्याद समाप्त भएका व्यावसायिक फर्महरूको नवीकरणको अनुरोध गर्ने, कुनै पनि रकम भुक्तानी नगर्ने व्यावसायिक फर्महरूका सम्बन्धमा नियमानुसार कानुनी कारबाही अघि बढाउने, अन्य कुराको हकमा व्यवसायी र बैंकबीच २०७५ साउन १५ मा भएको सम्झौताअनुसार अगाडि बढ्ने सहमति गरिएको छ ।

सहमतिमा बैंकका प्रतिनिधि तथा व्यवसायी दुवै पक्षबाट हस्ताक्षर गरिएको जनाउँदै पोउवा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले सहमति कार्यान्वयनमा सहजीकरणका लागि क्रियाशील रहने बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist