– राम कटवाल
बराहक्षेत्र । १४ औं महाधिवेशनमा निर्वाचित पदाधिकारीहरुलाई प्रेस युनियन बराहक्षेत्र नगर समितिले सम्मान गरेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको भएको नगर अधिवेशनमा निर्वाचित भएका पदाधिकारीहरुलाई नेपाल प्रेस युनियन बराहक्षेत्र नगर समितिले आज सम्मान गरेको हो ।
नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीको प्रमुख आतिथ्यतामा नगरको वडा नम्बर ३ नडाहामा आयोजित कार्यक्रममा प्रेस युनियन बराह नगर समितिले बराह नगर सभापति रमेश कार्की लगायत अठार जना पदाधिकारीहरुलाई सम्मान गरिएको छ ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका विभिन्न समितीका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्दै वक्ताहरुले निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको बधाई ज्ञापन दिएका छन् । कार्यक्रममा वक्ताहरूले नयाँ निर्वाचित समितीले बराहक्षेत्र नगरपलिकामा कांग्रेसलाई एक ढिक्का बनाएर आसन्न निर्वाचनमा स्थानिय निर्वाचनमा विजय हासिल गर्न शुभकामना समेत दिएका थिए।
सम्मान ग्रहण गरेपछी आफ्नो मन्तब्य राख्दै नगर सभापति रमेश कार्कीले अधिवेशन पार्टिको आन्तरिक प्रतिस्पर्धा भएको बताउँदै अब पार्टिलाई एकजुट बनाएर अगाडी बढाउन आफू प्रतिबद्दता रहेको बताएका छन् ।
त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले निर्वाचित पदाधिकारीलाई बधाई एवम् शुभकामना दिंदै बराह काङ्ग्रेस एकढिक्का भएर आसन्न निर्वाचनमा स्थानीय देखि केन्द्र सम्मको निर्वाचनमा काङ्ग्रेस उमेदवारलाई जिताउनु पर्ने बताए।
अधिकारीले भने, `हामी एकजुट हुँदा हाम्रो जित सुनिस्चित छ। यसम द्विविधा नलिए हुन्छ।´ कार्यक्रममा बोल्दै नेपाली काङ्रेस बराहक्षेत्रका नेता एवम महासमिति सदस्य बाबुराम विष्टले निर्वाचित पदाधिकारीलाई बधाई एवम् सम्मान गरेकोमा प्रेस युनियनलाई धन्यवाद दिंदै नयाँ निर्वाचित कार्यसमितिले बराहक्षेत्र सशक्त रूपमा पार्टी गतिविधिलाई अगाडी बढाउनुपर्ने बताए।
त्यसैगरी, कार्यक्रममा बोल्दै प्रेस युनियन सुनसरीका जिल्ला उपाध्यक्ष सन्जिव वाग्लेले प्रेस युनियन र नेपाली काङ्ग्रेसको सम्बन्ध र इतिहासका बारेमा प्रकाश परेका थिए। उक्त कार्यक्रममा काङ्ग्रेस नेता जगत बहादुर कार्की, शंकर बस्नेत, रमेश काफ्ले, सन्त राई लगायतले शुभकामना तथा बधाई दिएका थिए ।
कार्यक्रमका सभापति एवम् प्रेस युनियन बराहक्षेत्र नगर समिती संयोजक संगम विष्टले नव निर्वाचित कार्यसमितिलाई गरेको सम्मान तथा बधाई कार्यक्रमले प्रेस युनियन र काङ्ग्रेस बिचको सम्बन्ध र सहकार्यलाई अझै प्रगाढ र मजबुत बनाएको बताएका छन। उनले निर्वाचित पदाधिकारीलाई बधाई एवम शुभकामना दिएका थिए।









