इटहरी । प्रदेशसभा एकमा नेपाली कांग्रेसकी सांसद नवोदिता चौधरीले नेपालीहरूको महान चाड वडादशैंको शुभकामना व्यक्त गरेकी छन् ।
मंगलवार एक शुभकामना संदेश दिंदै सांसद चौधरीले भनेकी छन्, ‘नेपालीहरूको महान चाड वडा दशै, शुभ दीपावली र छठ २०७८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु ।‘
विजयादशमी पर्व असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकको रूपमा मनाइने विशेष महत्वको चाड भएको बताउँदै उनले साँस्कृतिक क्रियाकलाप एवं उत्सवका साथ मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्दै पारिवारिक जमघट एवं पुनर्मिलन गराई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको स्मरण गरेकी छन् ।
उनले भनेकी छन्, ‘ यस महान पर्वले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक-आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिबृद्धिमा टेवा पुर्याउने विश्वास मैले लिएकी छु ।’
चाडपर्वको संरक्षण एवं सम्बर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने चौधरीको विश्वास छ ।