इटहरी । नेपाली कांग्रेसको चौधौं महाधिवेशनको चहल पहल बढेसँगै अन्य पार्टीका स्थानीय नेता कार्यकर्ता कांग्रेसतर्फ आकर्षित हुन थालेका छन् ।
महाधिवेशनकै सन्दर्भमा इटहरी ८ मा सोमबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टीका करिब एक सय स्थानीय नेताहरु कांग्रेस प्रवेस गरेका हुन् ।
एमालेको युवा संगठन राष्ट्रिय युवा संघका इटहरी नगर सदस्य, एमालेको ८ नं वडा समितीका सहसचिब सहित माओबादी केन्द्र, जसपा लगायतका पार्टीबाट ९७ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेस गरेका हुन ।
वडा सभापति रोहित चौधरीका अनुसार वडा नं ८ का सरोज काफ्ले, टेकबहादुर बस्नेत, देबराज कार्की, हरी कुमार श्रेष्ठ, सुन्धन चौधरी, होमराज बुढाथोकी, प्रेम राई लगायतका नेता कार्यकर्ता कांग्रेस प्रवेस गरेका छन् ।
नव प्रवेसीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय उपसभापति बिजय कुमार गच्छदार, केन्द्रीय सदस्य कल्पना चौधरी, सुनसरी जिल्ला सभापति राजीब कोइराला लगायतले पार्टीमा स्वागत गरेका थिए ।