ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

आदर्श उच्च माविका पूर्व विद्यार्थीले गरे आफ्ना गुरुहरुलाई सम्मान (तस्बिरहरु)

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज २८ गते, २०:५५ बजे
आदर्श उच्च माविका पूर्व विद्यार्थीले गरे आफ्ना गुरुहरुलाई सम्मान (तस्बिरहरु)
71
SHARES
Share on FacebookShare on Twitter

रामधुनी । आदर्श उच्च माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुले आफुलाई शिक्षा प्रदान गरेका तीनजना अवकाशप्राप्त ज्येष्ठ शिक्षकहरुलाई सम्मान गरेका छन् ।

आदर्श माध्यमिक भुतपूर्व विद्यार्थी मञ्च तदर्थ समिति रामधुनीले विद्यालयका विहिवार आयोजना गरेको कार्यक्रममा विद्यालयमा लामो समयसम्म योगदान गरेका तीनजना गुरुहरुलाई सम्मान गरेको हो ।

विहिवार सम्मानित हुनेहरुमा विद्यालयका पूर्व प्रधानाध्यापक परशुराम चौधरी, पूर्व सह-प्रधानाध्यापक भिष्म प्रसाद काफ्ले उपाध्याय र राजकुमार आचार्य रहेका छन् ।

सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि रहेका रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले सम्मानपत्र, खदा र माला लगाएर सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै विद्यालयका पूर्व प्रधानाध्यापक परशुराम चौधरीले आफ्नै विद्यार्थीहरुबाट सम्मानित हुन पाउँदा अत्यन्तै हर्षित र गौरवान्वित भएको बताए ।

यस विद्यालयबाट पढाई सकेर उच्च शिक्षाको लागि गएका विद्यार्थीहरुले नेपालका विभिन्न क्षेत्र र स्थानमा महत्त्वपूर्ण योगदान दिईरहेको उनले बताए ।

चौधरीले भने, ‘हाम्रा विद्यार्थीले देशको विभिन्न क्षेत्र र स्थानमा महत्त्वपूर्ण योगदान दिईरहेको थाहा पाउँदा आज हामी सार्है नै गौरवान्वित भएका छौं । हामीले रोपेको सानो विरुवाले हुर्किदैं, फस्टाउँदै लटरम्ब फल लागेको देख्दा अत्यन्तै आनन्दित महसुस भएको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विगतको आफ्नो कार्यकालको प्रसंगलाई पटकपटक स्मरण गरेका थिए । बिक्रम संवत २०३९ सालमा विद्यालयमा अध्यापन सुरुगरेका उनले ०४१ साल देखि ०५७ फागुन २ गते सम्म प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरेका थिए ।

त्यसैगरी, आदर्श उच्च माविलाई तत्कालिन समयमा मा.वि. बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका राजकुमार आचार्य नेपालमा नयाँ ‘राष्ट्रिय शिक्षा पद्दति’ लागु हुनुपूर्व विद्यालयको प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्हालिसकेका अनुभवी शिक्षक हुन् ।

आचार्यले आफ्नो जीवनको चार दशक बढि समय विद्यालयमा सक्रिय रुपमा काम गरिसकेका छन् । कार्यक्रममा आफ्नो छोटो मन्तन्य राख्दै उनले सम्मानका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसैगरी, सम्मानित अर्का ब्यक्तित्व विद्यालयका पूर्व सह-प्रधानाध्यापक भिष्म प्रसाद काफ्ले उपाध्यायले सम्मानप्रति धन्यवाद व्यक्त गर्दै एउटा नागरिक तयार गर्नमा विद्यालयका शिक्षकको मात्र योगदानले नपुग्ने बताउँदै सम्मानका लागि आफु पूर्ण हकदार नभएको बताएका छन् ।

आफ्ना विद्यार्थीले गरेको आदर र सम्मानले आफु खुसी भएको भएपनि सम्मानको पहिलो श्रेय आमा-बाबुले पाउनुपर्नेमा उनको जोड थियो । काफ्लेले समाजमा एउटा सक्षम नागरिक तयार गर्नमा शिक्षकको योगदान तेश्रो नम्बरमा मात्र गणना गर्न मिल्ने बताए ।

उनले भने, ‘पहिलो देन बाबु-आमाको हुन्छ । दोश्रो समाजको, जसले विद्यालय बनाईदिएर हामीलाई पढाउने र विद्यार्थीलाई पढ्ने अवशर जुराईदियो । हामी तेश्रोमा छौं । जुन ठाउँबाट हामीले पनि सकेको योगदान गर्यौ । एउटा व्यक्तिको जीवनमा धेरै धेरै गुरुहरुको प्रयासबाट मात्र प्रगति सम्भव भएको हुन्छ ।’

विक्रम संवत २०३९ सालबाट आदर्श मा.वि. मा अध्यापन सुरु गरेका उनले ०६० सालमा अवकास पाएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालयका प्रधानाध्यापक रबिन्द्र पौडेलले विद्यालयलाई सहज रुपमा संचालन गर्न थुप्रै कठिनाइहरु रहेको बताउँदै विद्यालयका पूर्व विद्यार्थीहरुबाट विद्यालयले सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा भूतपूर्व विद्यार्थी मञ्च तदर्थ समितिका संयोजक भिष्मराज महत, रामधुनी वडा नम्बर ६ का वडाध्यक्ष हेमनारायण राजधामी, ७ का वडाध्यक्ष केशब गौतम, पूर्व विद्यार्थीहरु अधिवक्ता नारायण प्रसाद दाहाल, डा. माधब बिष्ट, भीमबहादुर श्रेष्ठ, कमल कुमार श्रेष्ठ लगायत ठुलो संख्यामा पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

  

Comments 1

  1. Milan Regmi says:
    4 years ago

    Historical work

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist