सविन पाेख्रेल
काठमाडाैँ । क्षेत्रीय समितिकाे नेतृत्व गरेर कमजाेर रहेकाे संगठनलाई सुदृढ बनाउन धनकुटा जिल्लाकाे प्रदेश सभा ख काे सभापतिमा आफ्नाे उम्मेद्वारी रहेकाे काँग्रेस नेता राजन पाैडेलले वताएका छन्।
काँग्रेसलाई हरेक हिसाबबाट मजबुत बनाई आउने स्थानीय तहकाे निर्वाचनमा कांग्रेसलाई एक नम्बरकाे पार्टी बनाउन आफु याेग्य रहेकाे पाैडेलले दाबी गरेका छन् ।
२०५७ सालमा नेपाली कांग्रेसकाे मारेक कटहरे गाविस सभापति रहेका पाैडेल २०६१ सालमा पार्टिकाे जिल्ला सहसचिव समेत भइ पार्टिमा याेगदान दिइ सकेका छन् ।
क्षेत्रीय सभापतिका उम्मेद्वार पाैडेल पार्टीकाे विभिन्न भूमिकामा रहेर समेत कुशल नेतृत्वकाे भूमिका निर्वाह गरी सकेका छन् । उनी भन्छन्- “पार्टीलाई जिताउन हरेक तहमा संगठन गराउन आवश्यक छ, तल्लाे स्तरसम्म पुगेर संगठन नगरेमा भाेली पार्टीले ठूलाे पराजय व्यहाेर्ने निश्चित छ, त्यसैले साथीहरुले यस पटक मलाई विश्वास गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु ।”
कार्यकर्ताकाे भावना चिन्न सक्ने कुशल संगठक पाैडेल नेताहरुलाई इज्जत गर्ने, काँग्रेसीकाे शीर उच्च राख्न र मतदातालाई जिताउन यसपालीकाे उम्मेद्वारी रहेकाे वताएका छन् ।
साथै, क्षेत्रीय सभापतिमा अर्का प्रत्यासी काँग्रेस नेता तिलक बहादुर महतकाे पनि दाबेदारी रहेकाे छ । नेता महत तरुण दल प्रदेश सभा ख काे सभापति भई तरुण एकता र तरुण संगठन गर्न जाेडबलले लागि परेका कुशल संगठक हुन् ।
उनी भन्छन्-“काँग्रेसमा युवाहरुलाई अवसर छ भन्नका साथै काँग्रेस संगठित गराउन र क्षेत्र नं. ख मा पर्ने तीन वटै पालिकामा काँग्रेसकाे विजयी सुनिश्चिन गराउन मेराे अहम् भुमिका रहनेछ ।”
काँग्रेसकाे अहिलेकाे अधिवेशन अन्य पार्टीसँगकाे लँडाइ नभएकाेले क्षेत्रीय सभापतिमा जसले जितेपनि जित्ने काँग्रेसी नै रहेकाेले सबैले जित हारकाे परिणामलाई स्वीकार गरेर अगाडी बढ्नु पर्नेमा नेता महतकाे जाेड रहेकाे थियाे ।
धनकुटा जिल्लाकाे प्रदेश सभा ख काे क्षेत्रीय सभापतिकाे टुंगाे सकेसम्म सहमतिकै माध्यमबाट लगाउन पार्टिले पहल गरि रहेकाे स्राेत बताउँछ । निर्वाचन गराउन भन्दा सकेसम्म निर्विराेध क्षेत्रीय सभापतिकाे टुंगाे लगाउन कसरत भईरहेकाे भन्दै चुनाव भएमा बाहिर राम्राे सन्देश नजानेमा पार्टी सचेत रहेकाे स्राेतकाे दाबी रहेकाे छ ।