ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कांग्रेसको प्रदेश १ अधिवेशनको तयारी तीव्र

प्रदेश अधिवेशन १६ गते विराटनगरमा हुने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ मंसिर ८ गते, १८:५४ बजे
कांग्रेस १४औं महाधिवेशन : निर्धारित मितिकै केन्द्रीय महाधिवेशन हुनेमा आशंका
37
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत तल्लो तहका अधिवेसनको नतिजा धमाधम आउन थालेसँगै कांग्रेसको प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेसनको तयारी तीव्र पारिएको छ । महाधिवेसनको सन्दर्भमा विराटनगरमा अयोजित पत्रकार सम्मेलनमा अधिवेशन आयोजक प्रचार समितिका संयोजक राजिव कोइरालाले अधिवेशन बारेमा जानकारी दिँदै १६ गते विराटनगरमा हुने एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम् नेपाली कांग्रेस प्रदेश १ अधिवेशन आयोजक समितिका संयोजक कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै कोइरालाले नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका २ शकरपुरमा रहेको विराट नर्सिङ होमपुर्बको खाली जमिनमा उद्घाटन हुने र प्रदेश कार्य समितिको निर्वाचनका सम्पूर्ण कार्यक्रम विराटनगर ९ जहदा रोडमा रहेको सिद्धि पार्टी प्यालेसमा हुने बताए । प्रथम अधिवेशनको उद्घाटन केन्द्रीय सदस्य एवम् आयोजक समितिका संयोजक कृष्णाप्रसाद सिटौलाले गर्ने जानकारी दिए ।

१७ सय जनाको उपस्थिति रहने प्रदेश अधिवेशनमा आवास लगायत सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाली कांग्रेस मोरङ जिल्ला समितिले गर्ने बताए । अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू सयोजक र भीम पराजुली सह–सयोजकका साथै केन्द्रीय सदस्यहरू अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ संकलन समिति गठन भएको छ ।

अधिवेशन गर्न प्रथम अधिवेशनको प्रचारका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता राजिव कोइराला संयोजक, नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिला बल्लभ घिमिरे सदस्य सचिव रहेको प्रचार समिति गठन भएको छ । समितिको सदस्यमा प्रेस युनियनका प्रदेश १ का सचिव धनबहादुर पुरी, युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत, निर्वतमान अध्यक्ष कुमार लुइँटेल र अजितकुमार झा सदस्य रहेका छन् ।

नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नम्बर १ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष, संघीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले ७ सय जना महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्यहरूका भ्रातृ संस्था र शुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका लागि मतदाता रहने नेपाली कांग्रेसले जनाएको छ ।

प्रेस विज्ञप्ती

नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशनका सन्दर्भमा आज नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस प्रदेश नम्बर १ अधिवेशन आयोजक समितिका संयोजक कृष्ण प्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलन ।

१. नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका वडा नम्बर २ शंकरपुर (विराट नर्सिङ होम) को पूर्वतर्फ रहेको खाली जमिनमा उद्घाटन हुने छ ।

२. अधिवेशनको उद्घाटन मिति २०७८ साल मंसिर १६ गते बिहीवार बिहान ९ बजे हुनेछ । प्रदेश कार्य समितिको निर्वाचनका सम्पूर्ण कार्यक्रम विराटनगर ९ जहदा रोडमा रहेको सिद्धि पार्टी प्यालेसमा हुने छन् ।

३. प्रथम अधिवेशनको उद्घाटन केन्द्रीय सदस्य एवंम आयोजक समितिका संयोजक कृष्ण प्रसाद सिटौंलाले गर्नु हुनेछ ।

४. अधिवेशन सम्पन्न गर्नका लागि आवास लगायत सम्पूण व्यवस्थापनको जिम्मा नेपाली कांग्रेस मोरड जिल्ला समितिको रहने छ ।

५. अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस मोरडका सभापति डिगबहादुर लिम्बू संयोजक र भीम पराजुली सह–संयोजकका साथै केन्द्रीय सदस्यहरु अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ संकलन समिति गठन भएको छ ।

६. प्रथम अधिवेशनको प्रचारका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता राजिव कोइराला संयोजक, नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिला वल्लभ घिमिरे सदस्य सचिव रहेको प्रचार समिति गठन भएको छ । समितिको सदस्यमा प्रेस युनियनका प्रदेश १ का सचिव धनबहादुर पुरी, युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत, निर्वतमान अध्यक्ष कुमार लुइँटेल र अजित झा सदस्य रहनु भएको छ ।

७. नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नम्बर १ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अ ध्यक्ष र संघीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दारले ७ सयजना महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्यहरुका साथै भातृ संस्था र सुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका लागि मतदाता रहने छन् ।

८. नेपाली कांग्रेस केन्द्रीय समितिले प्रदेश अधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला संयोजक रहेको आयोजक समिति गठन गरेको छ । समितिका सदस्यहरु : सम्बन्धित प्रदेशभित्रका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, प्रदेश सभा संसदीय दलका नेता र प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष । आयोजक समितिको संयोजकको अध्यक्षतामा प्रदेश अधिवेशन उद्घाटन समारोह हुनेछ ।

मा. राजिव कोइराला

संयोजक नेपाली कांग्रेस प्रदेश १ प्रथम अधिवेशन प्रचार समिति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist