एजेन्सी – टर्कीमा राष्ट्रपति अर्दोआनको अपमानसँग सम्बन्धित एक मुद्दामा चर्चित महिला पत्रकार ले जेल सजाय पाएकी छिन । सदफ कबासलाई राष्ट्रपति अर्दोआनको अपमानसँग सम्बन्धित एक मुद्दामा जेल सजाय सुनाएको छ । जुन कानुनको आधारमा जेल चलान गरियो उक्त कानुनको आधारमा टर्कीमा दशौं हजार मानिसमाथि मुद्दा चलाइसकिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीले कबासको स्थानीय समयअनुसार अबेर राति २ बजे हिरासतमा लिइएको छ र पहिला उनलाई इस्ताननबुलको मुख्य प्रहरी चौकी लगिएको थियो ।







