रामधुनी । स्थानीय तहको निर्वाचनको मिति दिनप्रतिदिन नजिकिँदै जादा चुनावी सरगर्मी बढ्न थालेको छ । रामधुनी नगरपालिका वडा नम्बर ६ मा लोकप्रिय व्यक्तित्व युवा नेता शुसिल शर्माले उम्मेदवारी ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट रामधुनी नगरपालिकाका वडा नम्बर ६ अध्यक्ष पदका लागि उम्मेदवार बनेका शुसिल शर्माको नेतृत्वमा घरदैलो अभियान सुरु गरेका हुन ।
घरदैलो अभियानलाई निरन्तरता दिदै स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट रामधुनी ६ को वडा अध्यक्ष पदका लागि लागि उम्मेदवार बनेका शर्माको टिम वडावासीहरूको घर – घरमा पुगेर आर्शिवाद लिदै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको चुनाव चिन्ह हल्लो मतदान गरी उम्मेदवारहरूलाई बिजयी बनाउन अनुरोध गरेका छन् ।