राजविराज । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रुपनी गाउँपालिका वडा नम्बर ३ मा जनमत पार्टीको तर्फबाट राम नारायण मण्डल वडाध्यक्षका उम्मेदवार छन् ।
नेपाल सरकारको स्वास्थ्य सेवामा रहेर लामो समय जनताको सेवा फरेका उनी अहिले घरदैलो अभियानमा रहँदा आफ्नै वडावासीहरुको आशीर्वाद सँगै साथ पाएकाले चुनाव जित्नेमा विश्वासमा छन् ।
विगतमा स्वास्थ्य सेवामा रहदा नेपाल सरकारद्वारा उत्कृस्ट कर्मचारीको सम्मान पाईसकेका स्वास्थ्य सेवी रामनारायण भन्छन्, ‘देशका विभिन्न स्थानमा रहेर जीवनभर जनताको सेवा गरेको छु । सरकारी सेवामा रहदा देश र देशवासी गरेको सेवा र सकारात्मक कामकै कारण आज पार्टीले पत्याएर वडाध्यक्षमा टिकट दिएको छ, आम मानिसहरूको साथ पाएका कारण चुनाव जित्नेमा ढुक्क छु ।’
आफूले चुनाव जितेको अवस्थामा भेदभावरहित तरिकाले समान रूपमा सबै तह र तप्काक्का जनताको सेवा प्रदान गर्ने उनको भनाइ छ ।
रुपनी गाउँपालिका वडा नम्बर ३ स्थित आफ्नै निवाशमा भेटिएका उनले नीतिसञ्चारसँग भने, ‘यहाँ एउटा पार्टीबाट चुनाव जितेर गएकाहरूले अर्को पार्टीका मानिसको सिफारिस सम्म नगर्ने गलत परम्परा छ । मैले हिजोपनि यस ठाउँका जनताको लागि सेवा भावले व्यक्तिगत रुपमा सेवा गर्दै आएको हुँ । अब चुनाव जितिसकेपछि पनि भेदभावरहित रूपमा जनताको सेवा गर्छु ।’
गाउँमा धेरै नेता भएपनि गाउँको अवश्थामा सुधार नआएको बताउँदै मण्डलले भने, ‘मेरो ठाउँले सक्षम नेतृत्त्व नपाएकै कारण विकाशमा पछाडी पर्यो । तर, यसपटक आफ्नो नेतृत्वमा विकासका काम द्रूत गतिमा अगाडि बढ्छ। रत्तिभर संका नगर्नुस ।’
उनले भने, ‘यो ठाउँमा विकाश नहुनुमा यहाँ सबैभन्दा ठूलो समस्या भ्रष्टाचार र अनियमितताको छ । खानेपानी, स्वास्थ्य सेवाको विकाशका लागि मेरो मुख्य प्राथमिकता रहन्छ। बाटो बनाउने, शिक्षा, स्वास्थ्य जस्ता कुरालाई प्राथमिकतामा राखेर काम गर्छु ।’
उनले यसपटक रुपनीका जनताले परिवर्तन चाहेका कारण आफूले चुनावी माहोल आफ्नो पक्षमा रहेको उनको दाबी छ । आफूले राजनीतिलाई व्यवसाय भन्दा पनि सेवाको रूपमा लिने भएका कारण पनि यसपटक चुनाव जित्ने बताए ।
जनमत पार्टीको चुनाव चिन्ह ‘लाउडस्पीकर हर्न छाप’ मा मोहर लगाई पुरै प्यानललाई बिजयी बनाउन हार्दिक अनुरोध गरेका छन् । उनि भन्छन्, ‘सबै पार्टीलाई बारम्बार जिताई देखि सकियो, अब एक चोटी जनमत पार्टीलाई जिताई, चमत्कार हेरौं ।’
को हुन् मण्डल ?
२०५१ सालमा अ.हे.व. पदमा स्वास्थ्य सेवामा प्रवेश उनि गत वर्ष ०७८ सालमा सेवाबाट अवकाश पाए । रुपनी गा.पा.वडा नं. ३, कटैया निवासी राम नारायण मण्डल स्वास्थ्य क्षेत्रमा समाजसेवामा पूर्णरूपमा सक्रिय छन् ।
सिके राउत नेतृत्त्वको जनमत पार्टीले रुपनी गाउँपालिकामा मेयर, उप-मेयर, वडा अध्यक्ष सहित सम्पूर्ण सदस्यहरुमा उम्मेदवारी दिएकोमा मण्डललाई रुपनी गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
यस्ता छन् आफ्नो वडाको विकाशका लागि उनका प्रतिवद्दता
प्रतिबद्धता–पत्र
जनमत पार्टी, रुपनी गा.पा.वडा नं. ३
१. शिक्षा
- रुपनी गा.पा., वडा नं. ३ भित्र पर्ने सम्पूर्ण सामुदायिक विद्यालयमा अनुशासन सहित उच्च शिक्षा प्रणालीमा सुधार गरिनेछ ।
- प्राथमिक (आधारभुत) शिक्षा प्रणालीमा विद्यार्थीहरुको पहुचका लागी बिशेष कार्यक्रमहरु (नास्ताको व्यवस्था, छात्राहरुको लागि छात्रवृती प्रदान गरिने, गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई पोषाकको व्यवस्था, प्रचार प्रसार) गरिनेछ ।
- छात्रा स्वास्थ्थ शिक्षाका लागी प्राथमिक उपचार लगायत सेनेटरी प्याड को निःशुल्क व्यवस्था गरिने छ ।
- प्राविधिक शिक्षामा विशेष जोड दिइनेछ ।
- शिक्षक तालिम कार्यक्रमहरुमा पहुच वृद्धि गराइने ।
- हप्तामा १ दिन सीप, उधमशीलता, खेलकुद, संगीत, कला, तथा नेतृत्व बिकासका लागी प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिनेछ ।
- रुपनी गा.पा., वडा नं. ३ मा पर्ने सामुदायिक विद्यालयहरुका पूर्वाधार, गुणस्तरीय र वातावरणमा सुधार गर्न र प्राविधिक शिक्षामा जोड दिइनेछ ।
- सार्वजनिक पुस्तकालयका निमार्ण गरिनेछ ।
- हालको मा. वि.लाई १२ कक्षासम्मको शिक्षा सम्म संचालन गर्नका लागी सम्बन्धित निकायसँग समन्वय गरिने छ ।
- वैदेशिक रोजगारमा जाने युवाहरुलाई विभिन्न किसिमका रौजगारमुलकतथा सीपमूलक तालिमहरु (Electrician, Plumbing, Carpenter..) निःशुल्क संचालन गराइनेछ ।
२. स्वास्थ्य
- प्रसुति गृहको संचालन गर्नको लागी आवश्यक जनशक्ति र जनश्रोतको व्यवस्थापन गरिनेछ ।
- ६०वर्ष माथिका वृद्धहरुका निःशुल्क स्वास्थ्य परिक्षण घर घरमै गरिनेछ ।
- समय समयमा योग शिविर संचालन गरिनेछ ।
- वडा नं.३ अन्तर्गत पुर्ण स्वामित्वमा इमरजेन्सी स्वास्थ्य सैवाको लागि निःशुल्क Ambulance को व्यवस्था गरिनेछ ।
- महिला स्वयमसेविकाहरुको स्तोरन्नतिका लागी तालिम तथा सेवा सुबिधा मासिक ५०० रुपैया (पाँच सय) प्रदान गरिने छ ।
- हालको हेल्थ पोष्टलाई PHC बनाइनेछ ।
- सेवाग्राहीहरुले गुणस्तरीय सेवा लिनका लागी ग्राहक सेवा केन्द्र स्थापना गरिनेछ ।
- स्थानिय जनतालाई प्राथामिक उपचार तालिका प्रदान गरिनेछ ।
३. कृषि
- खाद्य, मल तथा बीउ समयमै उपलब्ध गराई कृषि उत्पादन र रोजगरीको सृजना गरिनेछ ।
- उत्पादन भएका कृषि खाद्यन्नको लागी चिस्यानकेन्द्र (Cold Store) को निर्माण गरी निःशुल्क ढुवानीको व्यवस्था गरिनेछ ।
- नगदे वाली खेतीको लागी बिशेष कार्यक्रमहरु जस्तै प्रशिक्षण, प्रोत्साहन, वजारको व्यवस्थापन आदि गरिनेछ ।
- कृषि सिचाँई प्रणालीलाई व्यवस्थित तरिकालै संचालन गर्नको लागी सम्बन्धित निकायसंग पहल गरिनेछ ।
- कृषि सिँचाई पहुचका लागी बिजुली उपलब्ध गराउन पोल र तारको हरेक ठाउँमा उपलब्ध गराइनेछ ।
- कृषि क्षेत्रमा क्रण, बिमा, निवृतिभरण आदिको व्यवस्था गरिनेछ ।
- कृषकलाई मालपोतको ५०% सम्म छुट दिइनेछ।
४. भौतिक पूर्वाधार
- योग शिविर संचालनको लागि योग भवनको निमार्ण गरिने ।
- हटिया व्यवस्थापन गर्नको लागी ग्रिलेशन भवनमा सुधार गरि प्रयोगमा ल्याइनेछ।
- कृषि सडकहरुको स्तोरनन्त्ती तथा सुधार गर्न सम्बन्धित निकायहरुसँग समन्वय गरिनेछ ।
- सार्वजनिक शौचालयको निमार्ण, संचालन, तथा व्यवस्थापन गरिनेछ ।
- दिनाराम भद्रीबाबा मन्दिरमा मार्बल ओछ्याउने लगायत अरु धार्मिक मठ, मन्दिरहरुका निमार्ण तथा व्यवस्थापन गरिनेछ ।
- टोलहरुसँग जोडिने सडकहरुमा कंक्रिट (पक्कि) सडक निमार्ण गरिनेछ ।
- सरकारी स्वामित्वमा रहेका जग्गाहरुलाई प्रवर्धनगरी सोस्थानमा पार्क निमार्ण गरिनेछ ।
- हाल निमार्णाधिन विवाह मण्डप निमार्ण कार्यलाई निरन्तरता दिनेतथा व्यवस्थित गरिनेछ ।
- ठाउँ–ठाउँमा सूचना पार्टीहरु निमार्ण गरिनेछ ।
५. खेलकुद
- वडा स्तरीय खेल मैदान र खेलकुद केन्द्र निमार्ण गरिने ।
- स्थानीय खेलाडीहरुलाई विघालय देखि वडा तहमा तालिम दिन प्रदेश स्तरीय खेलाडीद्धारा प्रशिक्षण गराइनेछ ।
- प्रत्येक वर्ष गाँउपालिका स्तरीय खैलकुद टुरनामेन्टनियमित रुपमा संचालन गराइने ।
- खेलकुदका सामग्रीहरु खेलाडीहरुलाई उपलब्ध गराइनेछ ।
६. आर्थिक, सांस्कृतिक तथा सुरक्षा
- स्थानिय मठ, मन्दिर गुठी र अन्य आदिवसी, दलित उपसमुहरुलाई साँस्कुति प्रवर्धनका लागी अनुदान प्रदान गरिनेछ ।
- दिनारामभद्री बाबाको मन्दिरलाई संरक्षण गर्न समिति गठन गरिनेछ ।
- संस्कृति सम्पदा स्थान वरिपरि फोहरमैला व्यवस्थापन गरी सफाई गरिनेछ ।
- वडामा वित्तीय तथा सरकारी बैंक शाखा विस्तार गर्न समन्वय गरिनेछ ।
- जन्मदर्ता,विवाहदर्ता तथा मृत्युदर्ता तथा अन्य पन्जीकरणका करहरु निःशुल्क गरिनेछ ।
- भ्रष्टाचार सफाई, सरकारी सेवा ,सुविधाहरु तथा कामकाजहरु छिटो, छरितो, पारदर्शित तथा भ्रष्टाचार रहित गरिनेछ तथा घुस लिनेलाई जनकारवाही गरिनेछ ।
- अस्थायी पालिका प्रहरी चौकी राख्ने व्यवस्था गर्ने ।
७. महिला तथा बालबालिका
- महिला र बालबालिकाका लागी घरेलु हिंसा मुक्त सुरक्षित वातावरण व्यवस्थापन गरिनेछ ।
- महिला तथा बालबालिका शोषण तथा दुव्र्यवहारबाट उन्मुख गर्ने कार्यक्रमहरु गराउनेछ ।
- विधवा महिलाहरुलाई रु. ४,००० का दरल चौमासिक वडा कार्यालयबाट प्रदान गरिने ।









