काठमाडौं, १६ साउन । गृहमन्त्री बालकृष्ण खाणले गृहमन्त्रालय मातहतका कार्यलयका प्रमुखहरुबाट अहिलेसम्मको कार्यप्रगती र योजना कार्यन्वयनको प्रगति सम्बन्धमा जानकारी लिएका छन।
शुक्रबार गृहमन्त्री खाणले मन्त्रालय मातहत रहेका सुरक्षा तथा समन्वय, आन्तरिक ब्यबस्थापन, कानुन, विपद तथा द्वन्द, नीति तथा योजना मुल्यांकन महाशाखा, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग, कारागार ब्यबस्थापन विभाग र अध्यागमन विभागका प्रमुख, सचिव एवम् सहसचिवहरुसङ्ग कार्यप्रगतीको विवरण बुझेको मन्त्रालय स्रोतले नीतिसञ्चारलाई जानकारी दिएको हो।
मन्त्री खाणले कार्यप्रगती विवरण प्रस्तुत गरेका सम्पुर्ण कार्यलयका प्रमुख, उपप्रमुखहरुलाई कार्यसम्पादनका लागि धन्यबाद दिएका थिए। उक्त कार्यक्रममा बोल्दै मन्त्री खाणले सरकारको उपस्थिति अझै प्रभावकारी बनाउन विभागहरुले अझै सकृयता बढाउदै प्रविधि र परिवर्तनलाई जिम्मेवारी पुर्ण ढंगले प्राथमिकताका साथ अगाडी बढाउन आग्रह गरेका थिए।
गृहमन्त्री खाणले भने, `यहाँहरुको सकृयता, उत्सुकता, जिम्मेवारी र दायित्व पूरा गर्ने विषयमा यहाँहरुको सधैं साथमा रहने बिश्वास दिलाउछु।´
उनले कारगारका कैदिहरुलाई भेट्नको लागि कोरोना संक्रमणका कारणले रोकिएक्क हुँदा भेट्न जादा पिसिआर जाँच गराई रिपोर्ट देखाएर भेट्न दिन निर्देशन समेत दिएका छन।