ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

दुई दिनमै दुई कुरा बदल्ने विराटनगरकी उपमेयरमाथि नैतिक प्रश्न

कारबाटै अनुगमन, चुपचाप फिर्ता

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ असार २८ गते, १२:३५ बजे
दुई दिनमै दुई कुरा बदल्ने विराटनगरकी उपमेयरमाथि नैतिक प्रश्न
219
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की एक पछि अर्को गर्दै आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएकी छिन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको अगुवाईमा विराटनगर १२ मा निर्माणाधीन एकीकृत बस्ती परियोजनामा उपमेयर कार्कीले अनुगमन गर्दा, बस्तीमा काम नभएको र नभएको कामको कागजात मिलाई ७० लाख निकासा गर्न आफुलाई दवाब दिएको आरोप लगाएकी थिइन् ।

दुई दिन पछि उपमेयर कार्कीले आफू अनुगमनमा नगएको तर, प्राविधिकले भनेर आफूले काम नभएको भनेर भनेको स्वीकार गरेकी छिन् । विश्वस्त श्रोतले भन्यो, `प्राविधिकले भनेका भरमा उहाँले काम नगरेको भनेर भन्नुभयो ।’ नगर भित्र भएका योजनाको अनुगमन गर्ने जिम्मेवारी उपप्रमुखको हुन्छ ।

‘यत्रो योजनाको अनुगमन गर्न उपमेयर नजाने, प्राविधिकले कुन मोडमा के भन्छ त्यो गर्ने । मन्त्री कार्कीको सचिवालय भन्छ, तपाइहरूलाई नगरपालिकाका प्राविधिक कहाँ बसेर के गर्छन्, प्राविधिकको कार्यसम्पादनमा आम नागरिकमा कस्तो मनोविज्ञान छ आफैँ सोच्नुहोस् न !’

‘ठुला ठालुको योजना भए उहाँहरू जानुहुन्थ्यो तर, यो गरिबको योजना प¥यो उहाँहरू कहाँ आउनुहुन्छ त ? मन्त्री कार्की भन्छन्, आफूलाई पैसा आउने भएको भए उहाँहरू गर्नुहुन्छ । यो विपन्नको योजना प¥यो आफूलाई नहुने भएपछि के को अनुगमन के को सम्झौता ?’

आफूले परियोजनामा रकम निकासा गर्न नभई सम्झौता गर्नका लागि महानगरसँग आग्रह गरेको मन्त्री कार्कीको भनाई छ । जब की सो परियोजना महानगरको पनि सहकार्यमा अगाडि बढेको हो । ‘महानगरलाई म चेतावनी दिन चाहन्छु । मन्त्री कार्की भन्छन्, यहाँ कामै नभएको भनेर प्रमाणित हुन्छ भने म मन्त्री पदबाटै राजीनामा दिन तयार छु ।’

महानगरको गम्भीर गल्तीले योजना सम्पन्न नहुँदा योजनाको ७० लाख रकम फ्रिज हुन पुगेको छ । ‘हाम्रो रोजीरोटी, जग्गाको किस्ता तिर्न नै समस्या भएको छ । त्यहाँका स्थानीय भन्छन्, हामीले यही काम गरेर जग्गाको किस्ता तिर्नुपर्छ, रोजी रोटी पनि गुम्ने खतरा भएको छ ।’

बस्तीका नागरिकले आफैँ काम गरि, जग्गाको किस्ता तिरेर निर्माण सक्दा सम्म जग्गा देखि घर आफ्नो नाममा आउने भएकाले यो परियोजनालाई सम्पन्न बस्ती समेत भनिएको छ । मन्त्री कार्की भन्छन्, ‘सुकुम्वासीका नाममा कति आयोग बने, कागज कति भए, जग्गा दिने भनेर कति भोट कमाइए त्यो देखिएकै छ त !’ यो योजना पुरा भएमा नमुना योजनाका रूपमा स्थापित हुने र यहाँका ७० प्रतिशत सुकुम्वासी समस्याको समाधान हुने मन्त्री कार्कीले विश्वास लिएका छन् ।

‘जनप्रतिनिधि तिनै नागरिकको भोट बाट बनेका हुँन्छन् तर नागरिक कै लागि केही गरौँ भन्दा खुट्टा तानेर आफ्नो राजनीतिक स्वार्थ पुरा गर्ने काम विराटनगरमा उपमेयर ज्यूबाट भयो । मन्त्रीको सचिवालय भन्छ, स्वस्थ ढंगले जनभावनामा बसेर राजनीति गर्न आग्रह पनि गर्दछौँ ।’

कारबाटै अनुगमन, चुपचाप फिर्ता
अनुगमन नै नगरी अनुगमन गरेको भन्दै आएकी उपमेयर कार्की सोमबार भने पहिलो पटक बस्तीमा पुगेकी थिइन् । त्यहाँ काम गर्नेका अनुसार उहाँ यसअघि आउनुभएन, आज कारमा आउनुभयो, एक मिनेट जस्तो हिँडेर नजिकै बस्नुभयो, ५ मिनेटपछि सरर कार मै जानुभयो ।

जब की, सो परियोजना ३ बिघा १६ कट्ठा ५ धुर क्षेत्रफलमा बनिरहेको छ । सोमबार अनुगमनमा गएका कर्मचारीले भने, प्रशस्त काम भएको स्वीकार गरेका छन् । अनुगमन नै नगरी अघिल्लोपटक निकासा भएको ४० लाखको काम नभएको भनेर सम्झौता नगरेको महानगरले सोमबार भने बस्ति पुग्दा काम भएको देखेको छ ।

अर्कोतर्फ दुई दिनमै दुई कुरा बदल्ने उपमेयर माथि भने नैतिक प्रश्न खडा भएको मन्त्रीको सचिवालय बताउँछ ।

भिडियो हेर्न क्लिक गर्नुहोस !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist