एजेन्सी । चीन घरेलु हिंसाको चपेटामा आइरहेको थियो र यस क्रम २१औं शताव्दीमा आइपुग्दा घट्नुको साटो झन बढ्छदै गएको छ । न्यायपालिकाले यस खतरासँग लड्नका लागि उपायहरू गरिरहेको भएपनि घरभित्र हुने हिंसाको क्रम भने नियन्त्रण बाहिर रहेको तथ्यांकले देखाएको हो ।
भर्खरै उच्च प्रोफाइल मुद्दाहरूको श्रृंखलाले घरेलु हिंसा पीडितहरूको दुर्दशालाई हाइलाइट गरेपछि, राष्ट्रव्यापी आक्रोश फैलाएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमहरुले उल्लेख गरेका हुन् । बढ्दो शिक्षा, चेतना र रोजगारीले गर्दा चीनका महिलाहरूले घरेलु हिंसाका बारेमा अहिले आएर कुरा गर्न थालेका छन् र हालका वर्षहरूमा यो राष्ट्रिय चासोको रूपमा बढेको समाचारमा उल्लेख छ । पछिल्लो तथ्याङ्कहरू उपलब्ध छैनन्, तर विगतका तथ्याङ्कहरूले समस्या गम्भीर र डरलाग्दो देखाएको उल्लेख छ ।
सन् २०१० मा चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरो र महिलाको सामाजिक स्थितिको तेस्रो सर्वेक्षणले २० देखि ६४ वर्ष उमेर समूहका २४.७ प्रतिशत महिलाले विभिन्न प्रकारका घरेलु हिंसाको अनुभव गरेको देखाएको थियो । चीनका महिला सहायता समूहहरूले औसतमा वार्षिक ४०,००० देखि ५०,००० घरेलु हिंसाका उजुरीहरू दर्ता गर्ने गरेको समाचारमा उल्लेख छ ।
समस्यालाई लक्षित गर्ने पहिलो कानून २०१५ मा मात्र पारित भएको थियो। घरेलु हिंसा विरुद्धको कानुनका मुख्य सिद्धान्तहरू घरेलु हिंसा रोक्न ,परिवारका सदस्यहरूको समान अधिकारको रक्षा गर्न, समान, सामंजस्यपूर्ण, सभ्य पारिवारिक सम्बन्धको संरक्षण गर्दै पारिवारिक सद्भाव र सामाजिक स्थिरता प्रवर्द्धन गर्ने आधारमा तयार गरिएको उल्लेख छ ।
उक्त अध्ययनका अनुसार ‘कुटपिटले आत्मीयता देखाउँछ र गालीले प्रेम देखाउँछ’ जस्ता भनाइहरूमा देखाइएझैं महिला परिवारका सदस्यहरूमाथि हुने हिंसालाई सामान्य बनाइन्छ र प्रोत्साहन पनि गरिने पनि उल्लेख छ ।