इस्लामाबाद । पाकिस्तानको फैसलाबादमा अपहरणको एक दर्दनाक घटनाले पाकिस्तानी जनता आक्रोशित भएका अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । एक प्रभावशाली व्यापारीले एक मेडिकल विद्यार्थीलाई विवाह गर्न अस्वीकार गरेकोमा यातना दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको हो ।
मिडियाका अनुसर मुख्य अभियुक्त शेख दानिश एक राजनीतिक रूपमा प्रभावशाली व्यापारी हुन्, कम्तिमा पनि अन्य पाँच व्यक्तिहरूले बुधबार मेडिकल छात्रालाई अपहरण, यातना र यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ।
शेख दानिशकी छोरी आना अलीले पनि फैसलाबाद घटनासँग सम्बन्धित एफआईआरमा उल्लेख गरिएका अपराधहरूमा आफ्ना बुबालाई सहयोग गरेको बताएकी छिन्।
फैसलाबाद पुलिसले दन्त चिकित्सा छात्रालाई यातना र यौन दुर्व्यवहारमा संलग्न शंकास्पदहरूलाई सोधपुछ गर्न विशेष समिति गठन गरेको छ।
दानिशका वकिलले दानिशले आफ्नी छोरीको उपस्थितिमा खादिजालाई बलात्कार गरेको ठम्याउन नसक्ने तर्क गरेका छन् ।
प्रहरीले मोवाइल फोन, कार र ल्यापटप बरामद गरेकोले भौतिक पुर्पक्षका लागि पुनरावेदन गर्नुपर्ने कारण नरहेको अभियुक्त पक्षले जनाएको छ ।