ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

दक्षिण एशिया जलवायु परिवर्तनको उच्च जोखिममा : मन्त्री रेग्मी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ कार्तिक २३ गते, २०:२० बजे
दक्षिण एशिया जलवायु परिवर्तनको उच्च जोखिममा : मन्त्री रेग्मी
18
SHARES
Share on FacebookShare on Twitter

इजिप्ट (शार्म एल–शेख) । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले दक्षिण एसियाली देशहरूको कमजोर भूगोल र उच्च जनसङ्ख्याले यो क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गरेकी छन् ।

इजिप्टको शार्म एल शेखमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी कोप–२७ सम्मेलनका क्रममा दक्षिण एसियाली मुलुकहरूका वातावरणसम्बन्धी मन्त्रीहरूको आज भएको बैठकमा उहाँले सो कुरा बताएकी हुन् ।

बैठकका विषयवस्तुले जलवायु सङ्कटलाई सम्बोधन गर्न एकजुट भएर काम गर्ने महत्वलाई ठीकसँग झल्काउने उल्लेख गर्दै उनले ‘ग्लोबल वार्मिङ’का कारण हिमालय क्षेत्रहरू विश्वका अन्य भागको तुलनामा तीव्रगतिमा बढ्दै गएको बताए ।

रेग्मीले भनिन्, ‘जलवायु परिवर्तनको असरले हाम्रो वर्षाको ढाँचालाई परिवर्तन गरेको छ । पहिरो, बाढी र डुबानका चरम घटना बढेका छन् । गत वर्ष, बेमौसमी वर्षा र भारी बाढीले हाम्रो ठूला खानेपानी पूर्वाधारहरू नष्ट गर्‍यो । लाखौँ डलरको कृषि बालीमा क्षति पुर्‍यायाे ।’

यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा महिला, वृद्ध, गरिब र सीमान्तकृत आदिवासी तथा स्थानीय समुदाय रहेका बताउँदै मन्त्री रेग्मीले ती समुदाय कमजोर क्षमता र स्रोतहरूका कारण अनुकूलन गर्न समस्यामा रहेकाे बताएकी छन् ।

उनले भनिन्, ‘बढ्दो प्रदूषणले हाम्रो वातावरणलाई गम्भीररूपमा बिगारिरहेको छ । गरिबी न्यूनीकरण, प्राथमिक स्वास्थ्य सेवा र समावेशी विकासमा हामीले हासिल गरेको प्रगतिलाई जलवायु परिवर्तनले खतरामा पारेको छ । जलवायुसम्बन्धी हानी र नोक्सानीका कारण नेपालले हाल करिब २।० प्रतिशत जिडीपी घाटा भोगिरहेको छ ।’

यो शताब्दीको अन्त्यसम्ममा उक्त क्षति ११ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । तसर्थ, कोप–२७ ले अतिकम विकसित भूपरिवेष्टित पहाडी देशहरूका लागि अनुकूलनमा वित्त वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।

यो क्षेत्रमा प्रविधिको पहुँच र क्षमता निर्माणका लागि सरल तरिकाहरू पनि चाहिने उल्लेख गर्दै उनले नेपालले उच्च पहाडी देशहरूमा हुने हानी र नोक्सानीलाई सहयोग गर्न वित्तको माग पनि गरेको जानकारी गराईन । यसका लागि नेपालले यसअघि नै आफ्नो ‘एनडिसी’ कार्यान्वयन योजना र दीर्घकालीन जलवायु वित्त रणनीति र कार्ययोजना पेश गरिसकेको छ ।

‘क्षमता निर्माण, अनुकूलन र हरित, लचिलो र समावेशी विकासका लागि हामीलाई सहयोग चाहिन्छ । हामीले जलवायु वित्तमा द्रुत, प्रत्यक्ष र सजिलो पहुँचको माध्यमबाट मात्र हाम्रो लक्ष्यहरू पूरा गर्न सक्छौँ’, मन्त्री रेग्मीले भनिन् । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचीव डा पेम नारायण कडेलले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न यो मञ्च महत्वपूर्ण भएको बताउँदै यसले समन्वय गर्न पनि योगदान पुग्ने विश्वास व्यक्त गरे । रासस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist